४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

छुट्ने भए खाण


December 14, 2023
498
Shares

काठमाडौं, २८ मंसिर । पूर्वगृहमन्त्री बालकृष्ण खाण थुनामुक्त हुने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका उनलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको हो ।

बिहिबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको हो । १ असारमा काठमाडौं जिल्ला अदालतले खाणलाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

खाणसहित २० जना आरोपीहरुले थुनामुक्त भई मुद्या लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएकोमा केहीलाई थुनामुक्त गर्न आदेश आएको थियो । खाणको हकमा न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशले नयाँ आदेश दिएका हुन् ।

प्रतिक्रिया