८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

ललितपुरका एसएसपी शाहको कमाऊ धन्दा, मिटरब्याजी र लेनदेनका घटनाबाट करोडौं असुली


November 23, 2023
415
Shares

ललितपुर, ७ मंसिर । ललितपुरमा एसएसपी भएर आए देखि नै सिद्धिविक्रम शाहले कमाऊ धन्दालाई केन्द्रमा राखेको विषय चर्चामा थियो । शाहले आफ्नो सम्बन्ध माओवादीको माथिल्लो निकायसँग रहेको भन्दै केही प्रहरीलाई हातमा लिएर कमाऊ धन्दा चलाए । उनले विशेषगरी मिटरब्याजी र लेनदेनमा बढी ध्यान दिए । मिटरब्याजी र लेनदेनमा निश्चित प्रतिशत रकम लिएर अघोषित धन्दा नै चलाए । यस क्रममा कतिपय पीडितहरु झन् पीडामा परे ।

शाहले ललितपुर परिसरका केही भ्रष्ट प्रहरीलाई हातमा लिएर मिटरब्याजी र लेनदेनको विवादमा चलखेल गरेका थिए । यतिसम्मकी मिटरब्याजीहरुसँगको मिलेमतोमा रकम उठाउन सहयोगी बने ।

मिटरब्याजी पीडितलाई घरमै गएर प्रहरी लगाएर दुःख दिने, त्रसित बनाउने सम्मको गतिविधि गर्न लगाए । ललितपुरमा मिटरब्याजीसम्बन्धी अरबौंको खेल यस वर्ष चल्यो । यसबाट सिद्धिविक्रम शाहले करोडौं कमाएर माथिल्लो तहसम्म पु¥याएको खोजतासलाई सूचना प्राप्त भएको छ । शाहलाई कमाउनकै लागि नारायणकाजी श्रेष्ठ र पम्फा भुसालहरुको योजनामा ललितपुर ल्याइएको थियो । उनले राम्रै कमाइदिएको चर्चा पनि चलेको छ ।

पीडितको कुरा नसुन्ने र उल्टै धम्क्याउने शैली शाहले देखाए । जसले पैसा दिलाउँछ उसैको मात्र कुरा सुन्ने गतिविधि देखाए । ललितपुरमा आएका एसएसपीहरुमध्ये सबैभन्दा बढी अनियमिततामा मुछिएर शाहले रेकर्ड नै तोडेका छन् । ललितपुरमा भएका कतिपय आपराधिक घटनामा पनि उनले चलखेल गरे । ढुँगा गिट्टीको उद्योगमा पनि उनले राम्रै असुलेको खबर प्राप्त भएको छ ।  एसएसपी शाहले कमाऊ धन्दाबाट मच्चाएको आतंकहरुको फेहरिस्ता नै फेला परेको छ । यसबारे सनसनीपूर्ण खुलासा गर्ने गरी विस्तृत अध्ययन भइरहेको छ । यो घटनाले शाह अख्तियारमा तानिने सम्मको अवस्था बन्नेछ । –खोजतास साप्ताहिकबाट

प्रतिक्रिया