३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपाल सुपर ओभरमा पराजित हुँदा ओमानलाई आइसीसी टी २० विश्वकप एशिया फाइनलको उपाधि


November 5, 2023
83
Shares

काठमाडौं, १९ कात्तिक । २० ओभरको खेलमा नेपाल र ओमानले बराबर १८४ रन जोडे । त्यसपछि खेल एक ओभर खेलिने सुपर ओभरमा पुग्यो ।

बलिङ गर्न पुगे सन्दीप लामिछाने । ओमानले बिष्फोटक ब्याटिङ गरी ३ छक्कासहित २१ रन बनायो । जीतका लागि नेपाललाई २२ रन आवश्यक पर्यो ।

कुशल भुर्तेल सुरु बलमै क्याच आउट भए । त्यसपछि नेपालले निकै कठिनका साथ १० रन जोड्यो । उपाधि ओमानले जित्यो ।

मुलपानी क्रिकेट मैदानमा भएको प्रतिष्पर्धामा नेपाल जीतको नजिक पुगेपछि सुपर ओभरमा फितलो प्रदर्शन गर्न पुग्यो । यद्यपि नेपाल वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने २०२४ को टी २० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

प्रतिक्रिया