४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रचण्डले पनि खिचाए अमेरिकी राष्ट्रपति वाइडेनसँग तस्बिर


September 22, 2023
0
Shares

काठमाडौं, ५ असोज । संयुक्तराष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग छोटो साइडलाइन भेटको अवसर पाएका छन् । कुनै औपचारिक भेट नभएपनि प्रायः देशका राष्ट्रपति र प्रधानमन्त्रीहरुसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त भेट गर्ने प्रचलन रहेकोमा प्रचण्डलाई पनि त्यो अवसर मिलेको छ ।

भेटमा के के कुरा भयो भन्नेबारे प्रचण्डले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छैनन् । तर, तस्बिर पोष्ट गरेका छन् ।

प्रचण्डको साथमा छोरी गंगा दाहाल पनि छिन् । उनी पछिल्लो समय प्रचण्डको भ्रमणमा फष्ट लेडीकै शैलीमा पुग्ने गरेकी छिन् ।

वाइडेनसँगको फोटो सेशनमा प्रचण्डको हाउभाउ फोटो नै खिच्न बसेको जस्तो देखिन्छ । उनी खासै मुस्कुराएका पनि छैनन् । वाइडेन र उनकी पत्नी भने मुस्कुराएको देखिन्छ ।

कुनैबेला अमेरिकी साम्राज्यवादविरुद्ध लड्न सर्वसाधारणलाई आव्हान गर्ने प्रचण्ड त्यही देशको राष्ट्रपतिसँग फोटो खिचाउन लालायित हुनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया