३ आश्विन २०८१, बिहिबार | September 20, 2024

क्रिकेट महाशक्ति भारतसँग नेपालको बहादुरी


September 4, 2023
0
Shares

काठमाडौं, १८ भाद्र । नेपालले क्रिकेट महाशक्ति भारतसँग बहादुरीका साथ खेलेको छ । विश्वकप जितिसकेको भारतसँग नेपाली ब्याट्सम्यानहरुले गरेको प्रदर्शनको भारतमात्र मात्र नभई विश्वभर चर्चा सुरु भइसकेको छ ।

भारतीय पूर्व क्रिकेटरहरुले नेपाली खेलाडीहरुको बहादुरी खेलको प्रशंशा गरेका छन् । कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात गरेर नेपालको स्कोरलाई २ सय ३० रनमा पुर्याउन सके । नेपालले ४८.२ ओभर टिकेर देखायो । असिफले भारतविरुद्ध अर्धसतक बनाएर इतिहास रचे ।

नेपाली खेलाडीहरुमा आत्मविश्वास देखियो जसका कारण भारतीय बलरहरुलाई उनीहरुलाई आउट गर्न हम्मे पर्यो ।

प्रतिक्रिया