१० मंसिर २०८१, सोमबार | November 26, 2024

हिन्दु र बौद्धमाथि छापामार शैलीमा चौतर्फी आक्रमण, द्वन्द्वको खतरापछि सेना सतर्क


August 17, 2023
83
Shares

काठमाडौं, ३२ साउन । देशमा छापामार शैलीमा हिन्दु र बौद्ध समुदायमाथि चौतर्फी आक्रमण भएको छ । विभिन्न कोणबाट गरिएका यी आक्रमणको उद्देश्य एउटै पाइएको छ ।

पछिल्लो समय जातीय हिंसा भड्काउने खेलहरु चलेका छन् । त्यसको केन्द्रबिन्दु कोशी प्रदेशलाई बनाइएको छ । पूर्वी जिल्लाहरुमा जातीय हिंसा गराउने अभिप्रायले गतिविधि बढ्न थालेको छ ।

पछिल्लो समय कोशी प्रदेशमा जातीय राज्यको माग राखी प्रदर्शन भइराखेको छ । अर्कोतर्फ, विभिन्न समूहले जातीय द्वेष फैलाउने गरी गतिविधि बढाएका छन् ।
धरान केन्द्र बनाएर गोरु काट्ने र भोज चलाउने हुन थालेको छ । यसअघि धरानमै मन्दिरको सामुन्ने चर्च बनाएर टकराव बढाउने योजना बुनिएको थियो । त्यसले उक्त क्षेत्रमा द्वन्द्वको अवस्था बनेको छ ।

धरानका मेयर हर्क साम्पाङका गतिविधि पनि शकास्पद देखिएका छन् । उनैले धार्मिक र जातीय द्वेष बढाउने गरी गतिविधि चलाएका छन् ।

भारतको उत्तरपूर्वी राज्य नजिकको नेपालको कोशी प्रदेशमा उतैबाट लहर ल्याउन खोजिएको छ । भारतको उत्तरपूर्वको मणिपुरमा जातीय हिंसा भड्किएको छ । त्यहाँ हिन्दू मैतेई र इशाई कुकीबीच द्वन्द्व छ ।

नेपालको पूर्वी भागमा पनि किराँत समुदायलाई भड्काउन खोजिएको विषयहरु उठ्दै आएको थियो । नभन्दै किराँत धर्म छाडेर इशाई बनेकाहरुले स्थितिलाई उत्तेजित बनाउने गरी सक्रियता बढाएका छन् ।

यसैगरी, नेपाली सेनाको संख्या घटाउने विषय उठाउनेहरु र जातीय हिंसा भड्काउन खोज्नेहरुको सम्बन्ध रहेको खुल्दै गएको छ । उनीहरु भिन्न विषय उठान गरेर एउटै उद्देश्य प्राप्तिमा लागेको बुझिएको छ । सेनाले धर्म संस्कृति, इतिहास र परम्परालाई जर्गेना गरिरहेकोमा त्यस्ता व्यक्तिहरु विरोधमा उत्रिएका छन् ।

पृथ्वीनारायण शाहको शालिक हटाउने र इतिहास मेटाउन खोज्ने योजनाहरु देखापरेका छन् । यसमा पनि सेना सतर्क भएको बुझिएको छ । सैनिक मुख्यालयमै पृथ्वीनारायण शाहको शालिक राखिएको छ । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको अपमान गरेर विभाजनकारी योजनाहरु विभिन्न कोणबाट भइरहेको विश्लेषण भइरहेको छ ।

हिन्दु धर्मगुरुहरु माथि एकपछि अर्को आक्रमण चलिरहेको छ । कतिपय धर्मगुरुहरुलाई योजनावद्ध तरिकाले बदनाम बनाउन खोजिएको छ । यसमा पनि धार्मिक टकराव बढाउने अभिप्राय लुकेको देखिन्छ ।

नेपालमा हिन्दु र बौद्ध गरी ९० प्रतिशतभन्दा बढी जनसंख्या छ । उनीहरु मिलेमा धर्मान्तरण बढ्न नसक्ने र नेपालमा जातीय द्वन्द्व फैलाउन नसक्ने देखेर केही समूह योजनावद्ध तरिकाले छापामार शैलीमा आक्रमणमा लागेका छन् । यसको भण्डाफोर हुँदै गएपछि त्यस्ता समूह तर्सिएर जातीय द्वन्द्वको खेतीमा लागेका छन् ।

प्रतिक्रिया