३ आश्विन २०८१, बिहिबार | September 20, 2024

चीनबाट जर्नेल किन आए


August 16, 2023
0
Shares

काठमाडौं, ३१ साउन । नेपालमा चिनियाँ चासो बढ्दै जाँदा बुधवार एकजना जर्नेलको नेतृत्वको टोली काठमाडौं ओर्लिएको छ । मेजर जनरल युयेको नेतृत्वमा सैन्य टोली विहान काठमाडौं आइपुगेको हो ।

युये चिनियाँ सेनाको तिब्बत मिलिटरी कमाण्डका डेपुटी कमाण्डर हुन् । नेपालसँग सीमा जोडिएको तिब्बत क्षेत्रको जिम्मेवारी सम्हालेकाले उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । भ्रमण दलमा चिनियाँ सेनाका अधिकारीहरु ह यान्सु, वाङ वेई, लिउ हाइयु, लिङ हुआ, लिउ हुई, सु को हुवा, वाङ चियासुन र लाई रुई छन् । उनीहरु सोल्टी र याक एण्ड यती होटलमा रहनेछन् ।

चीनले पछिल्लो समय तिब्बती गतिविधिलाई चासो दिएको छ । विशेषगरी अमेरिकी अधिकारीहरु नेपाल आउँदा तिब्बती गतिविधिलाई प्रश्रय दिने गरेको आरोप छ ।

चीनले सैन्य तहमा सम्बन्ध बढाइरहेको छ । जसको उदाहरण नेपाली सेनाले निर्माण गरिरहेको फाष्ट ट्रयाकमा सबै चिनियाँ कम्पनीको संलग्नता पनि हो ।

चीनसँग नेपालले एपीसी खरिद गर्ने विषय पनि थाती रहेको छ । सेनाले प्रक्रिया बढाउन खोज्दा विवाद भएर अड्किएको छ ।

यसैगरी प्रधानसेनापति प्रभुराम शर्मा पनि चीन जाने चर्चा छ । उनी सम्भवत प्रचण्डको चीन भ्रमण अगावै चीन जाने तयारी छ ।

प्रतिक्रिया