८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

कान्तिपुरमाथि हिन्दु विरोधी गतिविधिको आरोप, विश्व हिन्दु परिषद्ले देशभर पत्रिका जलायो


August 15, 2023
0
Shares

काठमाडौं, ३० साउन । कान्तिपुर दैनिकले हिन्दु धर्म विरोधी गतिविधि गरेको आरोप लगाउँदै विश्व हिन्दु परिषद्का कार्यकर्ताले देशभर पत्रिका जलाएका छन् । आज देशका मुख्य शहरहरुमा परिषद्का कार्यकर्ताले विहानै पत्रिका जलाएका हुन् ।

विश्व हिन्दु परिषद्का राष्ट्रिय संगठन सचिव प्रल्हाद रेग्मीले कान्तिपुर हिन्दु विरोधी पत्रिका रहेको आरोप लगाए । उनले बाबा बागेश्वर धामलाई अपमान गर्दै अतिवादी संज्ञा दिएको भन्दै कान्त्रिपुर पत्रिका जलाएर हिन्दु समाजले विरोध गरेको बताए ।

रेग्मीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वभरका कुख्यात मुस्लिम आतंकवादी समातिदा चुप बस्ने, गाउँगाउँ र टोलटोलमा घुमेर बाइबलको प्रचार गर्दै धर्मपरिवर्तनको धन्दा चलाउने ती अतिवादीहरुको बारेमा बोल्न नसक्ने तर एउटा साधु जो हिन्दुलाई हिन्दु धर्मको प्रचार तथा देवभूमिमा आउँदा आफ्नो कुचरित्र कान्तिपुरले देखाउन आवश्यक थिएन ।’

रेग्मीले हिन्दु समाजले कान्तिपुर बहिष्कार गर्न र हिन्दु स्वाभिमानमा लागेको चोटको उत्तर दिन आव्हान समेत गरे ।

प्रतिक्रिया