२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारतीय राजदूत श्रीवास्तवले गरे काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ खोजसम्बन्धी सम्मेलनको उद्घाटन


83
Shares

काठमाडौं, १३ साउन । नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले इन्जिनियरिङ खोजसम्बन्धी सम्मेलनको उद्घाटन गरेका छन् । शनिवार काभ्रे जिल्लाको धुलिखेलस्थित काठमांडू विश्वविद्यालयमा सम्मेलनको उद्घाटन गरेका हुन् ।

सम्मेलन इन्जिनियरिङ नवीनीकरण र दीगो परिस्थितिकी तन्त्र सम्बन्धी रहेको छ । सम्मेलन जीवन पद्धति र वातावरणको विषयमा केन्द्रित रहेको जनाइएको छ ।
सम्मेलन भारतीय राजदूतावा र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा भएको हो ।

भारतले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । जसमा विश्वविद्यालयमा प्राज्ञिक छलफल पनि रहेको छ ।

प्रतिक्रिया