२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

समलिङ्गी विवाह दर्ता हुने भएपछि अमेरिकाबाट आयो बधाई, पश्चिमाको सहयोग पाइरहेको निल हीरा खनियो कमल थापामाथि


0
Shares

काठमाडौं, १४ असार । देशमा अधिकारहरु सबैलाई चाहिने । अब केटा र केटी मात्र नभई केटा केटा या केटी केटी विवाह गर्नेले घरजम मात्र नभई विवाह दर्ता गर्न पाउने । विवाह दर्ता गरी कानून अनुसार श्रीमान श्रीमती जसरी भूमिकाहरु हुने ।

सर्वोच्च अदालतको बुधवारको आदेशले तरंग नै ल्याइदिएको छ । समलिङ्गीको पक्षमा पश्चिमाहरुबाट आर्थिक सहयोग पाइरहेको निल हीराले खुशियाली मनाइसकेको छ । सुनिलबाबु पन्तले नेतृत्व गर्दा बेलायती गायक इल्टन जोनले ठूलै आर्थिक सहयोग पठाएकै हुन् ।

सर्वोच्चको आदेशको भोलिपल्ट अमेरिकाले ऐतिहासिक अन्तरिम आदेश जारी भएको भन्दै बधाई दिएको छ । उसले फैसला वैवाहिक समानता र नेपालमा विवाहलाई मौलिक अधिकारका रुपमा मान्यता प्रदान गर्ने दिशामा महत्वपूर्ण कदम भएको उल्लेख गरेको छ ।

उनै पन्त संस्थापक रहेको निल हीरामा अहिले पिङ्गी गुरुङ अध्यक्ष छन् । उनीहरुले बुधवार खुशियाली मनाए सर्वोच्चको आदेशले । त्यो अन्तरिम आदेशमा समलिङ्गी विवाह गर्ने जोडीहरुले विवाह दर्ता गर्न पाउने भनियो ।

पिङ्की गुरुङ्गले सरकारका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दै समलिङ्गी जोडीको विवाह दर्ताले मान्यता पाउनुपर्ने माग गरेकी थिइन् ।

अदालतले आदेश जारी गर्दै नेपालको सविधानले लैङ्गिक पहिचान सहितको नेपालको नागरिकता प्रमाणपत्र पाउन सक्ने व्यवस्था रहेकाले विवाह दर्ता गराउन भनेको छ ।
समलिङ्गी जोडीको विवाह दर्ता गर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन् । उनले अदालतको आदेशलाई त्रुटीपूर्ण भनेका छन् ।

थापाले समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने सामाजिक विकृति सृजना गर्ने बताए । थापा नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने पक्षमा छन् । उनले नेपालमा सांस्कृतिक अतिक्रमणको विरोध गर्दै आएका छन् ।

थापाले विरोध गरेपछि निल हीराकी पिङ्की गुरुङले पुरातनवादी भनेकी छिन् । उनले लेखेकी छिन्ः हेक्का रहोस् समलिङ्गीको मुद्दा सामुदायिक मुद्दा मात्र होइन यो सामाजिक, राजनीतिक र धार्मिक मुद्दा हो । पुरातनवादी सोचले नै राजेन्द्र लिङ्देनबाट पराजित भएको तर्क गरेकी छिन् ।

थापाका अतिरिक्त कुनै दलका मुख्य नेता यसबारे बोलेनन् । उनीहरुलाई भोट घट्ला भन्ने ठूलै डर छ । समलिङ्गीहरु थोरै संख्यामा भएपनि संगठित छन् । यही संगठित समूहले राम्रै आर्थिक सहयोग पश्चिमाहरुबाट पाइरहेको छ ।

 

प्रतिक्रिया