३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्ड नेतृत्वको माओवादीसहित ४ दलको समाजवादी मोर्चा घोषणा


0
Shares

काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमवार राजधानीमा आयोजित कार्यक्रमबीच समाजवादी मोर्चा घोषणा भएको हो ।

समाजवादी मोर्चामा माओवादीका अलावा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

समाजवादी मार्चामा सहभागी दलहरुमध्ये जसपा मात्र गैरकम्युनिस्ट दल हो । बाँकी तीन दल कम्युनिस्ट हुन् । संसदमा विप्लव नेतृत्वको नेकपा बाहेक तीन दलको प्रतिनिधित्व छ । माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० गरी मोर्चाको ५४ सिट हुनेछ ।

मोर्चाले चार पृष्ठ लामो समझदारी पत्र समेत तयार गरेको छ । जसको प्रस्तावनामै नेपाललाई धर्मनिरपेक्ष, बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्तात्मक राज्य हो भन्ने मान्यता राखिएको उल्लेख छ ।

मोर्चा गठन घोषणामा नेपालका प्रधानमन्त्री प्रचण्डले देशमा परिवर्तनविरुद्ध टाउको उठाउनेहरुविरुद्ध समाजवादी मोर्चा सशक्त रुपमा प्रस्तत हुने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम बिथाल्ने गतिविधिहरु भएकोले मोर्चाले त्यसको प्रतिवाद गरिने जानकारी गराए ।

प्रचण्डले आफ्नो भारत भ्रमणले नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको बताए । देशको हितमा भारत भ्रमण सफल भएपछि विरोधीहरु आत्तिएको उनको दाबी थियो ।

प्रतिक्रिया