१० मंसिर २०८२, बुधबार | November 26, 2025

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा ‘मेरो देश मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियान सुरु


November 26, 2025
0
Shares

काठमाडौं, १० मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मेरो देश मेरो जिम्मेवारी नाम दिएर राष्ट्रव्यापी अभियानको घोषणा गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रज्ञिकले मंसिर १० गतेबाट पौष १० गतेसम्म देशका ७५ जिल्ला, सबै पालिका तहसम्म एक महिने राष्ट्रव्यापी अभियान सुरु भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय सचिव लोगबहादुर चयडाले समृद्ध नेपाल निर्माणका लागि सशक्त युवा निर्माण अपरिहार्य भएकाले देशप्रतिको जिम्मेवार युवा शक्ति निर्माणमा अभियान केन्द्रित हुने जानकारी दिए । उनले देश निर्माणमा व्यक्ति निर्माण अपरिहार्य भएकाले सुसंस्कृति, सक्षम र देशभक्त युवा निर्माणमा प्राज्ञिक विद्यार्थी परिषद् केन्द्रित रहँदै आएको बताए । समाजमा व्यक्ति नैतिकवान र चरित्रवान नबनाई देश समृद्ध हुननसक्ने भएकाले प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्यसतर्फ अभियान सहित लागेको बताए ।

अभियानले देश केवल भूगोल मात्र नभई इतिहास, संस्कृति, भाषा, पहिचान, अस्तित्वको सामूहिक स्वरुप भएकाले जन्मभूमिप्रति माया र इतिहासप्रति गर्न गर्न आव्हान गरेको छ । युवाविद्यार्थीलाई भाषण र नारामा भन्दा कर्म र व्यवहार सुधारतर्फ लाग्न आग्रह गरेको छ । देशको शान्ति तथा सुशासनका लागि सबै पक्ष गम्भीर बनेर सरकार, प्रशासन र सुरक्षा आदि निकायलाई रचनात्मक सहयोगको आव्हान समेत गरिएको छ ।

विद्यार्थी तथा युवावर्गलाई सामाजिक तथा सकारात्मक क्रियाकलापमा संलग्न गर्ने, प्रत्येक युवा तथा नागरिकले स्वयंको दायित्वलाई स्मरण गर्दै भ्रष्टाचार अन्त्यका लागि सबै निकायमा नैतिक दबाब सृजना गर्ने उद्देश्य राखेको छ । अभियानले सामाजिक, जातीय, क्षेत्रीय, वर्गीय, लैंगिक तथा धार्मिक विद्वेषको वातावरणलाई समाप्त गर्दै एकता, सहिष्णुता र सद्भावका सार्थ आपसी सहयोग र विविधतामा एकताको भावनालाई सबैले आत्मसाथ गर्न सिक्ने वातावरण निर्माणको उद्देश्य पनि राखेको छ । व्यक्तिगत चरित्र सुदृढ गर्दै समाज र राष्ट्रमा सकारात्मक उदाहरण बन्ने प्रयास, आदर्श नागरिकको परिचय स्थापित गर्न आव्हान गर्दै नागरिक कतव्र्यबारे जागरुक बनाउने उद्देश्य पनि राखेको छ । देशले के दियो मात्र नभनी देशलाई के दिन सकिन्छ भन्ने भावना विकसित गराउने समेत अभियानको उद्देश्य रहेको जनाइएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद्का देशभरका कार्यकर्ता अभियानमा खटिने बागमती प्रदेश सचिव निर्मल खड्काले बताए । उनीहरु देशको कुनाकाप्चामा पुगेर राष्ट्रका लागि संकल्पको भावना जगाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी पूर्व राष्ट्रिय सचिव सृष्टि जोशीले मेरो देश मेरो जिम्मेवारी विशाल अभियान रहेको बताइन् । देशले के दियो भन्दा देशलाई नागरिकले के दिने भन्ने हेतुले प्राज्ञिकले तीन दशकयता अभियान चलाइरहेको बताइन् । अबको अभियान देशभक्ति र देशमा रचनात्मक कार्यका लागि भएको उनको भनाई थियो । अभियानमा देशव्यापी साथ र सहयोगको आग्रह समेत गरिन् । नागरिकलाई सत्ता जस्को होस् विकास होस् भन्ने रहेको पनि उनको भनाई थियो । राजनीतिक हस्तक्षेपमुक्त शैक्षिक संस्था अनिवार्य भएको बताइन् ।

कार्यक्रमको सञ्चालन प्राज्ञिकका कार्यकर्ता कविराज न्यौपानेले गरेका थिए । कार्यक्रममा प्राज्ञिककी बागमती प्रदेश सह छात्रा प्रमुख निर्मला खड्काको कार्यक्रम समापन गरेकी थिइन् । मदन तामाङले परिषद् गीत गाएका थिए ।

 

प्रतिक्रिया