२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

नेपालमा तेस्रो देशको हस्तक्षेप निम्तनेमा गम्भीर हुन प्राध्यापक थपलियालद्वारा भारतलाई सुझाव


September 28, 2025
1.9k
Shares

एजेन्सी, १२ असोज । नेपालको राजनीतिक अस्थिरताले तेस्रो शक्तिको हस्तक्षेप निम्तने खतरा जवाहरलाल नेहरु विश्वविद्यालयकी प्राध्यापक संगिता थपलियालले औल्याएकी छिन् । नेपाल मामलाका जानकार भारतीय प्राध्यापक थपलियालले भारतले आफ्नो हित रक्षाका लागि कूटनीतिक रुपमा सक्रियता देखाउनुपर्नेमा जोड दिएकी छिन् ।

विवेकानन्द इन्टरनेशनल फाउण्डेशनको वेवसाइटमा प्रकाशित थपलियालको लेखमा नेपालको राजनीतिक अस्थिरताप्रति भारतको चासो रहने गरेको र तेस्रो देशको हस्तक्षेप विगतमा पनि भएको लेखेकी छिन् । उनले नेपालको पछिल्लो घटनापछि भारतको सीमा सुरक्षा बलको सक्रियता र तैनाथी बढेको भन्दै नेपाल र भारतबीचको गुप्तचर निकायको समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने समेत सुझाव दिएकी छिन् ।

प्राध्यापक थपलियालले भारत सरकारले नेपालमा युवा केन्द्रित र सांस्कृतिक संस्थासम्वद्ध कार्यक्रममा सक्रियता बढाउन सहयोग रकम वृद्धि देखि विस्तारसम्मको सुझाव दिएकी छिन् ।
राजनीतिक तनावले सीमा क्षेत्रमा परम्परागत सम्बन्धहरु कमजोर भएको उनको तर्क छ । बहुतहमा भारतले नेपालसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा उनको जोड थियो । नेपालको घरेलु राजनीतिमा भारत खुलेआम संलग्न हुन नहुने तर नेपाल मामलामा सावधानीपूर्वक सक्रियता देखाउनुपर्ने लेखमा उल्लेख गरेकी छिन् । नेपाली जनताको चाहना अनुसार नै भारतको साथ र सहयोग हुनुपर्नेमा उनको जोड छ ।

लेखमा दुर्गा प्रसाईँगको गत वर्षको चैत्र १५ को हिन्दूराष्ट्रसहितको राजसंस्थाको समर्थनमा भएको आन्दोलन, राप्रपाले उक्त आन्दोलनबाट आफूलाई दूर राखेको, पूर्वराजा ज्ञानेन्द्र शाहले जेन जी प्रदर्शनमा भएको हिंसाप्रति खेद व्यक्त गरेको, सुशीला कार्की नेतृत्वको सरकार गठनलगायत नेपालको राजनीतिक घटनाक्रमको गहिरो विश्लेषण गरिएको छ ।

लेख पढ्न क्लिक गर्नुहोस्

 

प्रतिक्रिया