२० असार २०८२, शुक्रबार | July 4, 2025

क्वाडको निशानामा आंतकवाद


747
Shares

विपिन देव: क्वाडको परराष्ट्रमन्त्रीहरु सम्मेलन सन् २०२५ जुलाई १ मा वासिङ्टनमा सम्पन्न भएको छ । क्वाड भन्नाले अमेरिका, अष्ट्रेलीया, जापान र भारतको चर्तुभुजीय संगठन हो । क्वाडको उद्देश्य सैन्य गठबन्धन नभएर हिन्दप्रशान्त क्षेत्रमा सहयोग, सदभाव र भाईचाराको गाठोलाई बलियो बनाउनु हो । हुनतः भारतबाहेक अष्ट्रेलिया र जापान अमेरिकाको सुरक्षा साझेदार रहेको छ । यी चार मुलुकहरूबीच द्विपक्षीय सम्बन्ध समेत सघन रहेको पाइन्छ । बेला बखतमा हिन्दप्रशान्त क्षेत्रमा यी मुलुकहरू सैन्य अभ्यास गरेता पनि क्वाड सैन्य गठबन्धन नरहेको कुरा कवाडको प्रस्तावनाले नै उदघोष गरेको देखिन्छ । खास गरेर हिन्द प्रसान्त क्षेत्रमा चीनको दवदवा र वर्चस्वलाई सन्तुलन गर्न र दक्षिण चीन सागरमा चीनद्वारा निर्माण भइरहेको कृतिम टापु निर्माणलाई समेत रोक्न कवाडको दृढ संकल्प रहेको छ ।

दक्षिण चीन सागरको नीतिले गर्दा हिन्द प्रसान्त क्षेत्रका मुलुकहरू चिनियाँ सामरिक नीतिबाट आक्रान्त रहेको देखिन्छ । चीनको बढ्दो दबदबाले गर्दा आशियानका मुलुकहरू समेत प्रभावित रहेको पाइन्छ । क्वाडका यी सदस्यहरू खुला अर्थतन्त्र, प्रजातान्त्रिक पद्धति र खुला समाजको पक्षधर भएको कारणले गर्दा समेत हिन्द प्रसान्त क्षेत्र अन्य मुलुकहरूमा आशा र भरोसाको प्रभाव भएको देखिन्छ । वास्तवमा कवाडको अवधारणा सन् २००४ को सुनामीबाट नै भएको थियो । सुनामीको कहरमा भारतीय जलसेनाले मानव कल्याणको लागि गरेको पौरवलाई विश्व समुदाय उच्च मूल्याङ्कन गरेका थिए । अर्थात् हिन्द प्रसान्त क्षेत्रमा मानव कल्याणको लागि एउटा अब्बल संगठनको आवश्यकताको महशुश त्यो कालखण्डमा गरिएको थियो । सन् २००७ मा जापानी प्रधानमन्त्री ओबेले भारतीय संसदलाई सम्वोधन गर्दा कवाडको अबधारणालाई अंकुरित गरेका थिए । तर जापान र चीनको सघन सम्बन्धले गर्दा क्वाड अगाडि बढेन । सन् २०१६ मा ट्रम्पको आगमनका साथ क्वाडले संस्थागत रूप लिएको पाइन्छ ।

कोरोनाको कहरमा मानव कल्याणको लागि क्वाडको भूमिकालाई रेखाङकन गर्न सकिन्छ । जापानको पू‘जी, अमेरिकाको प्रविधि, अष्ट्रेलियाको व्यवस्थापन र भारतको उत्पादनले नै गर्दा कोरोनाको खोप विश्वको कुना कुनामा उपलब्ध हुन सकियो । सन् २०२५ जुलाई १ मा कवाडको परराष्ट्रमन्त्री स्तरको वैठकले वर्तमान भू-राजनीतिक समस्यालाई चिरफार गर्न केही संकल्प र प्रस्तावना जाहेर गरेको देखिन्छ ।

क्वाडको परराष्ट्र स्तरीय वैठकले आतंकवादलाई प्रधान शत्रुको रूपमा चित्रित गरेका छन् । सन् २०२५ अप्रिल २२ मा भारतको पहलगामा भन्ने ठाउ‘मा भएको निर्मम हत्यालाई क्वाडको परराष्ट्र मन्त्रीय स्तरको बैठकले घोर भत्र्सना गरेको छ । केही दिन पहिले चीनको चिङदावमा भएको संघाई सहयोग संगठनको रक्षामन्त्रीय स्तरको वैठकले पहलगाम प्रकरणलाई उच्चारण समेत गरेको थिएन । चीन र पाकिस्तानको गठजोडले गर्दा पाकिस्तानमा भइरहेको बालुचिस्तान विद्रोहलाई मात्र संघाई सहयोग संगठनले उच्च महत्व दिएको थियो । भारतका रक्षा मन्त्री राजनाथ सिंहले चीन पाकिस्तानको गठजोडको कारणले गर्दा उक्त सम्मेलनको संयुक्र विज्ञप्तिमा आफ्नो मतभेद र मनभेदलाई जागृत गर्दै हस्ताक्षर गर्न अस्विकार गरेका थिए । अर्थात भारतीय पक्षको अडानले गर्दा संर्घ सहयोग संगठनको संयुक्त विज्ञप्ति उदघोष हुन सकेन । तर क्वाडमा पहलागामा प्रकरण उल्लेख हुनु जस्ता परिघटनालाई भारतीय कूटनीतिको सफलताको रूपमा व्याख्या गर्न सकिन्छ । हुनतः उक्त विज्ञप्तिमा पाकिस्तानका नाम उल्लेख गरेको पाइदैन भारतका पूर्व राजदुत प्रयुदयालले क्वाडका संयुक्त विज्ञप्तिलाई सन्तुलित दस्तावेजको रूपमा व्याख्या गरेका छन् । कवाड परराष्ट्र मन्त्रीय स्तरको बैठकमा भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले हिन्द प्रसान्त क्षेत्रको तरल अवस्थालाई आलोकित गरेका थिए । हिन्दप्रशान्त क्षेत्र नै विश्व व्यापारको जीवन रेखा (लाइफ लाइन) भएको कारणले गर्दा उक्त क्षेत्रमा स्थायित्व राख्नु क्वाडको प्रमुख दायित्व रहेको कुरा समेत उनले उल्लेख गरेका छन् । सन् २०२५ को कवाड शिखर सम्मेलनको आयोजना भारतले गर्ने भएको छ । शिखर सम्मेलनमा राष्ट्र प्रमुखहरूको सहभागिता रहने परम्परा रही आएको छ ।

क्वाडको सेरोफेरो नै भारत अमेरिकी सम्बन्धले आफ्नो उचाई लिएको पाइन्छ । भर्खरै भारत पाकिस्तानबीच भएको भिडन्तले गर्दा भारतीय मिडियाले भारत-अमेरिका सम्बन्धलाई प्रश्नको घेरामा राखेका थिए । धरातलीय अवस्था फरक रहेको पाइन्छ । मध्य एसियाको बढ्दो संकटले गर्दा अमेरिकाको सामरिक नीति पाकिस्तानलाई विश्वासमा लिनु थियो । पाकिस्तानको सैन्य सत्तालाई उच्च महत्व दिदै अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानका प्रधानसेनापति असीम मूनिरलाई ह्वाईट हाउसमा दिवा भोजका लागि निमन्त्रणा समेत गरेका थिए । इरानसंग विवाद चर्केको खण्डमा पाकिस्तानलाई बेस क्याम्प बनाई इरानमा हमला गर्नु अमेरिकाको नीति रहेको थियो । यस अर्थमा भारत-पाकिस्तान विचको विवाद र तनावका अमेरिकी नीति सन्तुलित रहेको थियो । कवाडको परराष्ट्रमन्त्री स्तरीय बैठकमा अमेरिकी सेकरेट्री आप‘m स्टेटले भारतीय परराष्ट्र नीतिको प्रारूपलाई उच्च मूल्याङ्कन गर्दै मोदी र जयशंकरको अन्तर्राष्ट्रिय मञ्चहरूमा अब्बल प्रभाव रहेको कुरा समेत उल्लेख गरेका थिए ।

प्रतिक्रिया