७ असार २०८२, शनिबार | June 21, 2025

भारतले इरानबाट नेपाली नागरिकलाई पनि ल्याउने


664
Shares

काठमाडौं, ७ असार । इरानबाट भारतले नेपाली नागरिकलाई पनि ल्याउने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाली नागरिकलाई पनि ल्याउने जानकारी दिएको हो ।

आफ्ना नागरिकलाई भारतले एयरलिफ्ट गरेर ल्याइरहेको छ । त्यसका लागि दुईवटा विशेष विमानको प्रयोग गरेको छ । भारतले आफ्ना नागरिक ल्याउन थालेको जानकारीपछि नेपालले भारतलाई अनुरोध गरेर आफ्ना नागरिकलाई पनि ल्याउन आग्रह गरेको हो ।

भारतले श्रीलंकाका नागरिकलाई पनि एयरलिफ्ट गरेर ल्याउने भएको छ । इरान र इजरायलबीच युद्ध चलिरहँदा भारतले आफ्ना नागरिकलाई एयरलिफ्ट गरेर ल्याउन सम्पर्कका लागि सूचना जारी गरेको छ । त्यसका लागि टेलिग्राम माध्यम या तीनवटा फोन नम्बरहरुमा सम्पर्क गर्न भनेको छ । इरानस्थित भारतीय राजदूतावासमा उनीहरुले तत्काल सम्पर्क गर्नुपर्ने भनिएको छ । त्यसका लागि फोन नम्बरहरुमा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया