६ असार २०८२, शुक्रबार | June 20, 2025

अमेरिकाले इरानमाथि खतरनाक हमला गर्नसक्ने


830
Shares

एजेन्सी, ६ असार । अमेरिकी राष्ट्रपतिले इरानमाथि आक्रमणको योजना अनुमोदन गरेका छन् । गोप्य रुपमा गरिएको योजना अनुमोदनको खबर वाल स्ट्रिट जर्नलले खुलासा गरेको छ ।

इरानमाथि ट्रम्पले चेतावनी दिदै आएका छन् । उनले कडा हमलाको धम्की दिदै परमाणु सम्झौताका लागि इरानलाई वाध्य पार्न खोज्दैछन् ।

इजरायलले इरानमाथि हमला गरेपछि दुई देशबीच युद्ध चलिरहेको छ । इजरायललाई अमेरिकाले भित्र भित्र साथ दिदै आएको देखिन्छ । सिधै अमेरिका युद्धमा संलग्न हुनसक्ने सम्भावना पनि छ ।

केही हप्ता कुर्ने र आक्रमण गर्नसक्ने ट्रम्पले बताइसकेका छन् । उनको धम्कीले विश्व राजनीति तरंगित छ ।

प्रतिक्रिया