इरानमाथि इजरायलको आक्रमणले विश्वव्यापी के के असर

एजेन्सी, ३० जेठ । इजरायलले इरानमाथि हमला गरेको छ । इरानको आणविक केन्द्रहरुमा इजरायली आक्रमणबाट ठूलो क्षति भएको छ ।
इजरायली आक्रमणमा परी इरानको इस्लाक रिभलोसुनरी गार्ड कर्पसका कमाण्डर मेजर जनरल हुसेन सलामीको मृत्यु भएको छ । इजरायलले सैन्य अखडाहरुमा दर्जनौं हमला गरेको थियो ।
यो घटनापछि इजरायलमा संकटकाल घोषणा भएको छ । इरानको सम्भावित ड्रोन र मिसाइल हमलालाई मध्यनजर गरी इजरायलमा सुरक्षा सतर्कता अपनाइएको छ । इरानले पनि इजायली हमलाको बदला लिने दृढता व्यक्त गरेको छ ।
इजरायलद्वारा इरानमाथि हमलालगत्तै विश्वभर तेलको मूल्य वृद्धि भएको छ । एकैरात सात प्रतिशतसम्मले कच्चा तेलको मूल्य वृद्धि भएको हो ।
मध्यपूर्वमा अशान्ति बढेको छ । यसको असर रुस र युक्रेन युद्धमा पनि पर्ने देखिएको छ । हतियारको होडवाजी बढ्ने खतरा उत्तिकै छ ।