४ जेष्ठ २०८२, शनिबार | May 17, 2025

भारतबाट रोहिंग्या शरणार्थी धमाधम डिपोर्ट, नेपालमा के होला ?


913
Shares

एजेन्सी, ३ जेठ । भारतले रोहिंग्या मुसलमान शरणार्थीलाई धमाधम डिपोर्ट गर्न थालेको छ । हालैमात्र ४३ रोहिंग्यालाई म्यानमारमा डिपोर्ट गर्न अन्डामान समुद्रमा छाडेको विषय सार्वजनिक भएको छ ।

बँगलादेशको बाटो हुँदै रोहिंग्याहरु भारत छिरेका थिए । उनीहरुलाई डिपोर्ट गरेकोमा भारतको सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । तर, त्यहाँको अदालतले रिट दायर गर्नेहरुको माग खारेज गरिदिएको छ । यतिसम्मकी देश असजिलो अवस्थामा पुगेकोबोलामा काल्पनिक जुक्ति लिएर अदालत आउने भनी प्रश्न समेत गरेको छ ।

भारतले रोहिंग्या डिपोर्ट गर्न थालेपछि छिमेकी देशहरुमा उनीहरुको घूसपैठ बढ्ने खतरा छ । विशेषगरी नेपालमा रोहिंग्या गैरकानूनी आप्रवासी बढ्दो छन् । उनीहरु विभिन्न ठाउँमा शिविर बनाएर बसेका छन् । कतिपय गैरकानूनी रुपमा बसोबास गर्न थालेका छन् ।

सरकारले रोहिंग्यालाई निगरानीमा राख्नेबाहेक खासै चासो राखेको छैन । उनीहरुलाई अन्तर्राष्ट्रिय संस्था र स्थानीय केही समूहको साथ मिलेको छ ।

प्रतिक्रिया