जेठभर अख्तियारले ठूला भ्रष्टाचारमा मुद्दा दायर गर्ने

काठमाडौं, १ जेठ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा फैसलाको मिति तोकेको छ । २८ जेठमा निर्णय सुनाउने मिति तोकेको छ । दुई साताभित्र बहस नोट पेश गर्न दुवै पक्षलाई आदेश दिएको छ ।
५२ संवैधानिक पदाधिकारीमा अख्तियारका प्रमुख आयुक्त प्रेम राई र आयुक्तहरु पनि छन् । उनीहरुको भविष्यबारे टिकाटिप्पणी भइरहँदा अख्तियारले ठूला भ्रष्टाचारमा मुद्दा दायर गर्न थालेको छ । अख्तियारले बिहिबार टेरामक्स प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले अन्य भ्रष्टाचारको अनुसन्धान गरी मुद्दा दायर गर्ने तयारी गरेको छ । अख्तियारको अनुसन्धानमा हाइप्रोफाइलहरु रहेको बुझिएको छ ।