साइबर अपराधी खटाएर नेपाली पेनका प्रधानसम्पादक डा. केसीको फेसबुक एकाउन्ट ह्याक गर्न प्रयास

काठमाडौं, २७ वैशाख । नेपाली पेनका प्रधानसम्पादक डा. दीपेश केसीको फेसबुक पेज ह्याक गर्ने पटक पटकको प्रयास भएको छ । केही दिनयता पेज ह्याक गर्ने दुष्प्रयास भइरहेकोमा शनिबार विहान बन्द नै भएको छ ।
मेटाले फेसबुक एकाउन्ट ह्याक गर्ने प्रयास भइरहेको भन्दै सूचना पठाएको छ । सूचनामा एकाउन्ट लक गरिएको उल्लेख छ ।
एकाउन्ट ह्याकको प्रयासबारे जानकारी पाएपछि विज्ञको सुझावका आधारमा प्रक्रिया पूरा गरी पुनः खोलिएको छ । त्यसपछि पनि एकाउन्ट ह्याकको प्रयास भएको आधारमा नेपाली पेनले उजूरीको तयारी गरेको छ ।
नेपाली पेनले अदालत जस्तो पवित्र संस्थामा भइरहेको भ्रष्टाचार, बेथिति र विसंगतिको खबर प्रकाशित गर्दै आएको छ । अनलाइनमा सरकारी निकायमा भइरहेका भ्रष्टाचार, कालोबजारी, माफियाहरुबारे सप्रमाण खबर प्रकाशित भइरहेका छन् । त्यसपछि नेपाली पेनको पेज नै बन्द गर्ने देखि प्रधानसम्पादक डा. केसीको सामाजिक सञ्जालहरु ह्याकको प्रयासमा एउटा समूह नै लागेको पत्ता लागेको छ ।
साइबर अपराधीहरु खटाएर फेसबुक पेजलगायत सामाजिक सञ्जालमा केही दिनयता आक्रमण चलिरहेको छ । यसबारे गहिरो अध्ययन गरी दोषी पहिचानपछि उजूरीको तयारी भएको छ ।
केसीविरुद्ध समाचार लेखेको आधारमा सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा विचाराधीन छ । केसीलाई आइतबार बयान लिई न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त आदेशले धरौटीमा छाड्ने आदेश आएको छ ।