२५ बैशाख २०८२, बिहिबार | May 9, 2025

आतंकवादविरुद्धको लडाईँमा भारतलाई नेपालको समर्थन


996
Shares

काठमाडौं, २५ वैशाख । नेपालले आतंकवादविरुद्धको लडाईँमा भारतको पक्षमा उभिने घोषणा गरेको छ । नेपालले सधै आतंकवादविरुद्धको लडाईँको पक्षमा उभिएको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयले बिहिबार साँझ विज्ञप्तिमार्फत् नेपालले पहलगाममा भएको आतंकवादी हमलाको भत्र्सना गरेको स्मरण गराउँदै आतंकवादविरुद्धको सबै प्रकारको लडाईँमा साथ रहेको उल्लेख गरेको छ ।

भारतले आतंकवादविरुद्धको युद्धमा पाकिस्तानमा आतंककारीको आधारकेन्द्रमा मिसाइल हमला गरेको भोलिपल्ट नेपाल सरकारको धारणा सार्वजनिक भएको हो । विज्ञप्तिमा नेपाल आफ्नो भूमि विरोधी तत्वहरुलाई छिमेकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारिएको छ । नेपालले क्षेत्रीय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा नेपाली युवक पनि मारिएको र यस्तो दुःखद घडीमा नेपाल र भारत दुवै एकतावद्ध भई चुनौती र दुःख साट्न पुगेको भनिएको छ । आतंकवादको आक्रमणलाई साझा चुनौतीका रुपमा पनि लिइएको छ ।

प्रतिक्रिया