२३ बैशाख २०८२, मंगलबार | May 6, 2025

ओली-प्रचण्ड निकटताले तरंग


664
Shares

काठमाडौं, २२ वैशाख । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डमा यही लागू हुन्छ ।

कुनैबेला यी दुई नेता एक अर्काका कटु आलोचक थिए । तर, दुवै मिलेर नेकपा बनाए । पछि नेकपा विघटन गरे यी दुईको टकरावले । फेरि यी दुई मिलेर सरकार बनाए । प्रचण्ड प्रधानमन्त्री बने ओलीको साथ पाएर । ओलीले नै सरकार ढाले ।

पछिल्लो समय ओली र प्रचण्डबीच टकराव छ । तर, फेरि दुवै नजिक बन्न थालेका छन् ।

संसद र सिंहदरबारमा ओली र प्रचण्डबीच भेट भएको तस्बिर सार्वजनिक भएको छ । यसले राजनीतिक तरंग आएको छ ।

दुई कम्युनिस्ट नेता फेरि मिल्ने हुन् कि भन्ने चासो चलेको छ । सैद्धान्तिक रुपमा समानता रहेकाले पनि यी दुई मिलेमा आश्चर्य नमाने हुन्छ । पछिल्लो समय गभर्नर नियुक्तिलगायतका विषयमा एमालेको काँग्रेससँग मतभेद बढ्दो छ । यही मतभेदले नयाँ राजनीतिक घटनाक्रम विकास हुनसक्ने चर्चा पनि छ ।

काँग्रेसले माओवादीसँग या एमालेले माओवादीसँग सत्ता गठबन्धन बनाउने विषय नउठेको होइन । अहिलेको काँग्रेस र एमालेबीचको गठबन्धन टुटेमा बन्ने वैकल्पिक गठबन्धन यही हो ।

प्रतिक्रिया