२३ बैशाख २०८२, मंगलबार | May 6, 2025

अदालतले ज्ञानेन्द्र शाहलाई राष्ट्राध्यक्ष मान्योः अधिवक्ता स्वागत नेपाल


132.6k
Shares

काठमाडौं, २१ वैशाख । अधिवक्ता स्वागत नेपालले अदालतले ज्ञानेन्द्र शाहलाई राष्ट्राध्यक्ष मानेको तर्क गरेका छन् । पत्रकार डा. दीपेश केसीमाथि समाचार लेखेवापत् अदालतको अवहेलनाको मुद्दाको बयानपछि थुनछेकको बहसका क्रममा आइतबार नेपालले यस्तो तर्क गरेका हुन् ।

‘के ज्ञानेन्द्र शाहलाई प्रधानन्यायाधीशले भेट्न नहुने ?’ नेपालले प्रश्न गरे । उनले प्रधानन्यायाधीशले ज्ञानेन्द्र शाहलाई मुद्दाको पक्ष वा विपक्ष भएमात्र भेट्न नहुने जिकिर गरे । भेटकै विषयमा समाचार लेखेवापत् अदालतको अवहेलनाको मुद्दा लाग्छ भने अदालतले राष्ट्राध्यक्ष मानेको ठहरिने उनको तर्क थियो ।

अधिवक्ता नेपालले समाचार डिलिट गर्ने आदेशलाई असभ्य भने । उनले नेपाली पेन डट कमलाई समाचार डिलिट गर्ने आदेश आउनुलाई असभ्य कदम भनी प्रश्न गरे ।

प्रतिक्रिया