१३ असार २०८२, शुक्रबार | June 27, 2025

नेपाल भ्रमणमा चौथाइवालेले के के गरे


664
Shares

काठमाडौं, १९ वैशाख । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले तीन दिने नेपाल भ्रमणमा व्यस्त रहे । उनले प्रधानमन्त्री केपी शर्मा ओली र तीन पूर्वप्रधानमन्त्रीहरुसँग भेटे ।

प्रधानमन्त्री ओलीसँगको चौथाइवालेको भेट निकै महत्वपूर्ण रह्यो । भेटमा दुई देशको हितका विषयमा कुराकानी भएको बुझिएको छ । ओलीको भारतसँगको सम्बन्धका बारे टिकाटिप्पणी भइरहँदा त्यहाँको सत्तारुढ भाजपाका विदेश विभाग प्रमुखसँगको भेट अर्थपूर्ण मानिएको हो ।

चौथाइवालेले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालसँग पनि भेटे । उनले मधेश केन्द्रित दलका नेता देखि विभिन्न दलका नेताहरुसँग भेटे ।

पछिल्लो समय भारतीय अधिकारी र नेताहरुको भेट बाक्लिइरहँदा चौथाइवाले नेपाल आएका हुन् ।

प्रतिक्रिया