भारत-पाकिस्तान युद्धको खतरा

एजेन्सी, १७ वैशाख । काश्मिरमा आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच टकराव बढ्दै गएको छ । दुवै देशका नेताहरु एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिर घटनाका योजनाकारलाई अकल्पनीय जवाफ दिने चेतावनी दिइसकेका छन् । उनको संकेत पाकिस्तानतर्फ हो ।
पाकिस्तानप्रति भारतमा कडा आलोचना भइरहेको छ । भारतका मिडिया पाकिस्तानमाथि हमला हुने शैलीमा प्रस्तुत भएका छन् ।
पाकिस्तानका रक्षामन्त्रीले पनि भारतले आक्रमण गरे कडा प्रतिकार गर्ने बताएका छन् । यसले दुवै देशबीच युद्धको खतरा बढ्दै गएको छ ।
पाकिस्तानले आतंकवादलाई साथ दिएको विगतको घटनालाई स्वीकारेको छ । तर, विगतका शासकमाथि त्यहाँका रक्षामन्त्रीले आरोप लगाएका छन् । उनले पश्चिमा देश अमेरिका, बेलायतलगायत यसमा संलग्न रहेको टिप्पणी गरेका छन् ।