१५ बैशाख २०८२, सोमबार | April 29, 2025

गगन थापाले किन उठाए अदालतका जिम्मेवार अधिकारीहरुको भूमिकामाथि प्रश्न


664
Shares

काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ११ वैशाखमा सनसनीपूर्ण अभिव्यक्ति दिए । सर्वोच्च अदालतले संंवैधानिक निकायका पदाधिकारी नियुक्तिमा डिल गरिरहेको खुलासा गर्दै जनतामा संशय पैदा भएको बताए ।

१० वैशाखमा नेपाली पेनमाथि संवैधानिक निकायका ५२ जनाको नियुक्तिको विषयसँग जोडेर खबर प्रकाशित गरेर न्यायिक प्रक्रियालाई अवरोध गर्न खोजेको र प्रधानन्यायाधीशको अवहेलनासम्बन्धी मुद्दा दायर भएको भोलिपल्ट थापाको अभिव्यक्ति आयो । उनले अदालतले नियुक्तिबारे गर्नुपर्ने फैसला ४ वर्ष लगाइसकेको मात्र भनेनन् अदालतले तलाई हान्दिऊँ भन्दै निर्णय लिनुपर्नेमा झुलाइरहेको समेत बताए ।

थापाले दिएको यो अभिव्यक्तिले तरंग ल्याए । उनीमाथि अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । वास्तवमा ५२ जनाको नियुक्तिबारे अदालतले अलमल गर्दै आएको छ । यसपटक सुनुवाई निरन्तर गरेर फैसला गर्ने भनिएको छ । तर, ४ वर्ष बिताइसकेका र केही त उमेरहद पार गरेर गइसकेकाहरुको मामलामा ढिलाई भयो । यसले सशंय पैदा भएको विषय थापाले नै उठाए ।

थापाले अदालतको भूमिकामाथि प्रश्न गरेका छन् । जनतामा अदालतप्रति अनास्था पैदा हुनसक्ने खतरा औल्याएका छन् । अदालतका जिम्मेवार व्यक्तिहरु शक्तिको महत्वाकांक्षामा फरक रणनीतिमा लागेको आशंकासहितका विश्लेषण भइरहँदा थापाको भनाई आएको हो ।-File Photo

प्रतिक्रिया