१५ बैशाख २०८२, सोमबार | April 28, 2025

नेपाली राजनीतिमा “हिन्दुत्व”


2.7k
Shares

विपिन देव: नेपाली राजनीतिमा “हिन्दुत्व” जल्दोबल्दो भाष्यको रूपमा विर्मश भइरहेको छ । समाजवादको दार्शनिक धरातलबाट लामो संघर्षयात्रा गरेका नेपाली काङ्ग्रेस भित्र समेत “हिन्दुत्व” को एक खास राजनीतिक वृतमा धनीभूत रूपमा चर्चा भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले समेत १३ वैशाखमा काश्मिर घटनामा दुःख व्यक्त गर्दा हिन्दुत्व शब्द उल्लेख गरेका छन् । “राजतन्त्र”लाई आत्मसाथ गरेर अघि बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र हिन्दुभाव भूमिबाट सङ्गठित समुहहरू “हिन्दुत्व”लाई राष्ट्रिय अखण्डता, सांस्कृतिक जागरण र राष्ट्रिय पहिचानको रूपमा व्याख्या गर्दे अघि बढिरहेको अवस्था छ । यी परिवेश र परिदृश्यमा “हिन्दुत्व”लाई एक राजनीतिक प्रस्तावनाको रूपमा विमर्श गर्न आवश्यक देखिन्छ । भारतीय राजनीतिमा हिन्दुत्वको प्रयोगलाई दृष्टान्तको रूपमा लिन सकिन्छ ।

भारतीय राजनीतिमा विर सावरकरले “हिन्दुत्व”को प्रयोग अदभूत रूपले गरेको देखिन्छ । महात्मा गान्धीभन्दा पहिले नै अंग्रेज सरकारको विरोधमा विदेशी वस्तुलाई बहिष्कार गर्ने सावरकर सन् १९०६ मा गान्धीसंग वेलायतमा भेट गर्दै “हिन्दुत्व”लाई सामाजिक र आर्थिक रूपान्तरण गर्ने परामर्श गरेका थिए । सन् १८५७ मा अंग्रेज विरुद्ध विद्रोहको आधारमा उनले “वार अप‘m इण्डियन इनडिपेन्डेनस्” नामक पुस्तकको पाण्डुलिपि तयार गरेका थिए । पुस्तक प्रकाशित हुनु भन्दा पहिले बेलायतमा उनलाई गिरफ्तार गरी सेन्ट मौया नाम गरेको पानीजहाजद्वारा बेलायतबाट भारत चलान गरियो । बीच समुद्रमा पानीजहाजबाट हाम फालेर अद्भूत साहास देखाए तापनि अन्तिममा उनी गिरफ्तार गरिए । अंग्रेज सरकारको सबभन्दा कष्टदायक कारागार आडमानमा उनलाई २५ वर्षका लागि कैद गरियो । उनका जीवनीकार आसुतोष देशमुखले “सावरकर ब्रेभ हार्ट” मा सावरकरको जेल जीवनलाई चर्चा गर्दै सावरकरले ढुङ्गालाई कलम बनाएर जेलको पर्खालमा ६ हजार कविता लेखेका कुरा उल्लेख गरेका छन् । सावरकरका अर्का चर्चित जीवनीकार विक्रम साम्पदले उनको दार्शनिक दृष्ट्रिकोण वारे चर्चा गरेका छन् । सावरकरले अप्mनो पुस्तक “हिन्दुत्व” मा  राजनैतिक दृष्ट्रिकोणलाई आलोकित गरेको पाइन्छ । अर्थात् “हिन्दुत्व”को मान्यता अनुसार राष्ट्रलाई पुण्यभूमिका रूपमा स्वीकार गर्नु पर्दछ । मक्का मदिना र भेटिकन सिटीलाई पुण्य भूमि मानेका खण्डमा पितृभूमि र मातृभूमिप्रति अन्याय हुने सावरकरको तर्क रहेको छ ।

नेपालका सन्दर्भमा भइरहेको धर्मान्तरणका लागि सावरकरको विचार मार्मिक देखिएको छ । सावरकरले “हिन्दुत्व”लाई जातिविहीन र वर्गविहीन समाजका निर्माणका लागि प्रयोग गरेका थिए । इतिहासको त्यो कालखण्डका दलितका लागि मन्दिर प्रवेश र विधवा विवाहको लागि अपिल र बाल विवाहप्रतिको रोकलाई सावरकरको “हिन्दुत्व”को प्रयोगका रूमा लिन सकिन्छ ।
भारतका चर्चित लेखक र हाल मोदी सरकारका आर्थिक सल्लाहकार सञ्जीव सन्यालले सावरकरको राजनैतिक र आर्थिक सोचलाई पुस्तकमा सार्वजनिक गरेका छन् । डा. सन्यालले सावरकरले राज्य र राष्ट्रको विचमा कोरेको रेखालाई वडो रोचक ढङ्गले व्याख्या गरेका छन् । “हिन्दुत्व”को मौलिक प्रयोग गर्दै सावरकरको चिन्तन महात्मा गान्धीको रामराज्यबाट पृथक देखिएको छ । उनलाई हिन्दुभावभूमिका संघ र संगठनहरू वडो आदरपूर्वक स्मरण गर्दछ । भारतीय राजनीतिमा सावरकर पश्चात “हिन्दुत्व”लाई आन्दोलनको रूपमा डा. श्यामा प्रसाद मुखर्जीले प्रयोग गरेका छन् । डा. मुखर्जी अद्भूत विद्वान थिए । ३४ वर्षको उमेरमा कलकत्ता विश्व विद्यालयमा उपकुलपति भएका डा. मुखर्जी बेलायतबाट शिक्षित र दीक्षित थिए । “हिन्दुमहासभा” जस्ता संगठनको नेतृत्व लिदै उनले वङ्गालको विभाजनलाई अबरोध गरेका थिए । अर्थात् अल्पसंख्यकको तृष्ट्रिकरणको विरोधमा उनले “हिन्दुत्व”को आन्दोलनलाई अगाडि बढाए । महात्मा गान्धीको विशेष अनुरोधमा नेहरुको मन्त्रीमण्डलमा मूर्धन्य मन्त्री भए तापनि उनलाई नेहरुको हिन्दुप्रतिको नीति पाच्य थिएन । अर्थात् ५० को दशकमा नेहरु र लियाकत प्याक्टको विरोधमा उनले नेहरुको मन्त्रीमण्डलबाट राजीनामा दिए । नेहरु लियाकत प्याक्ट अनुसार पाकिस्तानमा रहको हिन्दुहरूप्रतिको पूर्ण उत्तरदायित्व पाकिस्तान सरकारको रहेको व्यहोरा उल्लेख थियो । नेहरु लियाकत प्याक्टले गर्दा पाकिस्तानमा रहेका हिन्दु, शिख, जैन र अन्य अल्पसंख्यकहरू ओझेलमा परे । विभाजनका समयमा पाकिस्तानमा हिन्दु १७ प्रतिशत रहेका थिए भने वर्तमान परिवेशमा हिन्दुको संख्या ३ प्रतिशत रहेको छ ।

डा. मूखर्जीले नेहरुलाई पाकिस्तानमा रहेका हिन्दुहरूप्रति चनाखो रहदै सम्झौताको कसीबाट निष्ठा देखाउन आग्रह गरेका थिए । डा. मूखर्जीले हिन्दुत्वलाई संकल्पका रूपमा लिएका थिए । ५० को दशकमा काश्मिरको आफ्नै विधान र झण्डा रहेको पाइन्छ । अर्थात् संविधानको ३७० धारा अनुसार काश्मिरलाई अधिकार प्राप्त थियो । कुनै पनि भारतीयलाई काश्मिर प्रवेश गर्न प्रवेश आज्ञापत्र (प्रमिट) लिनु पथ्र्यो । डा. मूखर्जीले काश्मिरको मुद्दालाई राष्ट्रिय वहसको मुद्दा बनाउंदै एक देशमा एक निशान र एक प्रधान मात्र हुनु पर्दछ भन्ने स्वर र नारालाई घनीभूत बनाउ‘दै हिन्दुत्वलाई राजनैतिक आन्दोलनको रूप दियो । स्मरणीय रहोस् डा. मूखर्जीको निजी सहायकका रूपमा अटल विहारी बाजपेयी रहेका थिए । हिन्दुदर्शन अनुसार निजी सहायक चतुर हुनु पर्दछ । अर्जुनलाई सफल बनाउन कृष्ण भए जस्तै सफल व्यक्तिलाई सफलताको स्वाद चखाउन सारथी कुशल हुनु पर्दछ । एक कालखण्डमा बाजपेयीको सारथी लाल कृष्ण आडवाणी समेत भएका थिए । डा. मुखर्जी वैकल्पिक राजनैतिक शक्तिको निर्माणको खोजीमा थिए । अर्कातर्फ, सन् १९२५ देखि हिन्दु समाजलाई एकीकृत गर्न डा. हेडेबरको नेतृत्वमा राष्ट्रिय स्वंय सेवक संघ देशको कुना कुनामा विस्तार हुंदै थियो । तर राष्ट्रिय स्वंय सेवक संघको अनुष्ठान पृथक थियो । चरित्र निर्माण गर्नु, राष्ट्रवादलाई बलियो बनाउनु, हिन्दु संस्कृति अनुरूप जीवन बाच्नु र हिन्दु समाजलाई एकीकृत गर्नु आर.एस.एस.को संकल्प रहेको थियो । सन् १९५० ताका राष्ट्रिय स्वंय सेवक संघका संघ सञ्चालक गवल बलकर (गुरूजी) र डा. मुखर्जीबीच एक सम्झौता भयो । तदनुरूप एक राजनीतिक शक्तिको उदय भयो, जसको नाम जनसंघ हुन गयो । कालान्तरमा यो जनसंघ नै भारतीय जनता पार्टीमा रूपान्तरित भयो ।

पचासको दशकमा डा. मूखर्जी जनसंघको नेतृत्व लिदै काश्मिरको कानुनलाई अवज्ञा गर्दै ३७० धारालाई खारेज गर्नुको लागि अपिल गर्दै काश्मिरमा उनको गिरप्mतारी गरियो । डा. मूखर्जीको सहादत कारागारमा नै भयो । उनको सहादत वडो रहस्यमय रहेको छ । डा. मूखर्जी पश्चात् जनसंघको नेतृत्व पण्डित दीन दयाल उपाध्यायको कॉधमा प¥यो भने राष्ट्रिय स्वंय सेवक संघको पूर्ण जिम्मेवारी गुरूजीको अभिभारामा पर्न गयो । जनसंघ एक राजनीतिक पार्टी थियो भने राष्ट्रिय स्वंय सेवक संघ पूर्ण रूपले गैर राजनैतिक संगठन । इतिहासको हरेक आरोह र अवरोहमा आर.एस.एस.ले जनसंघलाई (वि.जे.पी.) लाई कुशल कार्यकर्ता र दिगदर्शन गरेको पाइन्छ । वर्तमान परिवेशमा आर.एस.एस.एक सताब्दीको यात्रा पुरा गरेका छन् । कार्यकर्ताको हिसावले आए.एस.एस. सबभन्दा ठुलो संगठन रहेको छ । यसको ८० हजार भन्दा वढी शाखाहरू रहेको छ । वैदिक परम्परा अनुसार शस्त्र र शास्त्रमा हरेक स्वंय सेवकलाई निपुण बनाउ‘न संघको संकल्प रहेको छ । आर.एस.एस.का पुरुषहरूको मात्रै सहभागी देखिए तापनि सन् १९३६ देखि महिलाको छाता संगठन समेत रहेको छ ।

गुरू गवलवलकरलाई निलञ्जन उपाध्याय जस्ता लेखकले  पुस्तक “आर.एस.एस. आइकोन अप‘m इण्डिया राइटस” मा २० औं सताब्दीको सबभन्दा ठुलो गवलवलकरलाई हिन्दु समाजको लागि सबभन्दा ठुलो उपहार मानेका छन् भने रामचन्द्र गुहा जस्ता इतिहासकारले उनलाई “घृपाका मसिंहा”को रूपमा चित्रण गरेका छन् । चार दशकभन्दा बढी आर.एस.एस.को नेतृत्व गरेका गवलबलकरले संगठनलाई संरचना, दार्शनिक धरातल र भविष्यको दिशावोध दिए । आप्mना पुस्तक “वन्च आप‘m थौट” को माध्यमबाट उनले आर.एस.एस.को दृष्ट्रिकोणलाई दृष्ट्रिगौचर गरेका छन् । अर्कातर्पm जनसंघको नेतृत्वको जिम्मा पण्डित दीन दयाल उपाध्यायको हिन्दुत्वलाई राजनीतिक दर्शकको रूपमा चर्चा गर्दा दीन दयाल उपाध्यायको राजनीतिक प्रस्तावना बुझ्न जरूरी छ । सन् १९६४ को जनसंघको अधिवेशनमा पण्डित उपाध्यायले “एकात्म मानववाद”को राजनीतिक प्रस्तावमा सार्वजनिक गरेको देखिन्छ । कम्युनिष्ट पार्टीका लागि माक्र्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र जस्तै उपाध्यायद्वारा लिखित “एकात्मक मानववाद” भारतीय जनता पार्टीको लागि महत्वपूर्ण रहेको छ । एकात्मक मानववादले साम्यवाद र पू‘जीवादको आग्रहलाई अस्वीकार गर्दछ । अर्थात् पण्डित उपाध्यायले साम्यवाद र पू‘जीवादलाई औद्योगीकरण र पश्चिमा सभ्यताका मानसपुत्रमा रूपमा चित्रित गरेका छन् । साम्यवाद र पू‘जीवादले मानवलाई वस्तुवादी र लोभी प्रजातिका रूपमा चित्रित गरेका छन् । साम्यवाद र पू‘जीवादले केन्द्रिय शासन पद्धतिलाई स्वीकार गरेका छन् । एकात्मक मानववादले मानवको भौतिक र आध्यात्मिक पक्षलाई एकसाथ समाहित गर्न आग्रह गरेका छन् । एकात्मक मानववादले सूत्रात्मक रूपमा कुनै पनि राज्यको कानुन र नीति निर्माण गर्दा समाजको सबभन्दा पीडित, प्रताडित र पछौटेपनमा रहेका व्यक्तिलाई मानसपटलमा राख्न आग्रह गर्दछन् । एकात्मक मानववादले राज्य र राष्ट्र विच रेखाङ्कन गर्दै राज्यको भूमिकालाई महत्वपूर्ण मानेका छन् । एकात्मक मानववादले शासकको काम व्यापार गर्नु होइन र व्यापारीको काम शासन गर्नु होइन भन्ने अवधारणा सार्वजनिक गरेका छन् । पण्डित उपाध्याका अनुसार असल राज्यको उद्देश्य “नर” लाई नारायणमा परिमार्जित गर्नु हो । अर्को शब्दमा भन्ने हो भने एकात्मक मानववादले मानवको आध्यात्मिक तृप्तिलाई अभिप्रेरित गरेको देखिन्छ । पण्डित उपाध्याय अनुसार शिक्षा र स्वास्थ्यको व्यवसायीकरण पूर्ण रूपमा निस्तेज हुनु पर्दछ । आप्mनो दार्शनिक दृष्टिकोणलाई उद्घाटित गर्दै उनले व्यस्टी (व्यक्ति), समस्टी (समाज), सृष्टि (रचना) र परिमिम्टि (परमार्थ)को चर्चा गरेका छन् ।

वर्तमान परिवेशमा दिन दयाल उपाध्याय अध्ययन संस्थानले एकात्मक मानववादको वारेमा व्यापक विर्मश अगाडि बढाइ रहेको छ । दुर्भाग्यवश पण्डित उपाध्यायको मृत्यु पनि वडो रहस्यमय ढङ्गले भयो । यात्राको दौरानमा उनको मृत्यु मुगलसएम रेल स्टेशनमा भयो । अटल विहारी वाजपेयीले आप्mना नेता डा. मूखर्जी र पण्डित उपाध्यायको सहादतलाई काव्यात्मक प्रस्तुति गर्दै वि.जे.पी.को भाग्य नै जेल (डा.मूखर्जी) र रेल –उपाध्याय)मा रहेको उल्लेख गरेका छन् । सत्तरीको दशकमा जनसंघको नेतृत्व अटल विहारी बाजपेयीको कॉधमा आइपुग्यो । इतिहासको त्यो कठिन घडीमा बाजपेयीलाई लाल कृष्ण आडवाणीको पूर्ण सहयोग प्राप्त रहेको थियो । सत्तरीको दशकमा इन्दिरा गान्धीले संकटकालको घोषणा गरिन् । प्रजातन्त्रलाई पुर्नवहाली गर्न सम्पुर्ण राजनीतिक दलहरूले जयप्रकास नारायणलाई नेतृत्व लिन गुहार गरे । अर्थात् जे.पी. आन्दोलनको माध्यमबाट प्रजातन्त्र पुनः बहाल गरियो जसमा जुन जनसंघको आन्दोलनको समेत सहभागिता रहेको थियो ।

जे.पी. आन्दोलनको राप र तापबाट मूराजी देसाईको नेतृत्वमा सरकार गठन भयो जसमा जनसंघबाट परराष्ट्रमन्त्रीका रूपमा अटल विहारी र सूचनामन्त्रीका रुपमा लाल कृष्ण आडवाणी वहाल भए । आडवाणीले  “माई कनर्टी एण्ड माई लाइफ” मा जनसंघलाई भारतीय जनता पार्टिमा नामांकण गर्नु पर्ने प्राविधिक कारण उल्लेख गरेका छन् । रथ यात्रादेखि बावरी मस्जिदसम्म, आणविक परीक्षणदेखि आद्युनिकीरणसम्म बाजपेयी र आडवाणीको सहयात्रालाई इतिहासले उ‘च्च मुल्याङ्कन गर्नेछ । हिन्दुत्वको प्रयोगको लागि नेतृत्वमा सन्यास धर्मको वारेमा आर.एस.एस.को दिशानिर्देश रहेको छ । मोदी सरकारमा रहेका मूर्धन्य व्यक्तित्वहरू मोदीदेखि नितिन गडकरीसम्म, पहिलो पुस्तामा दिन दयालदेखि बाजेपयी र आडबाणीसम्म आर.एस.एस.बाट दिक्षित रहेका छन् । नेपालको परिवेशमा हिन्दुत्वलाई राजनीतिक प्रयोग गर्न वैदिक परम्पराअनुसार चरित्र शुद्धीकरण समाज प्रति सर्मपण र कार्यकौशलताको लागि कार्यकर्ता निर्माण गर्नु पर्दछ । देश अन्यौलको भूमरीमा जानुको कारण दलहरू व्यक्तित्व निर्माण गर्न नसक्नु हो ।

प्रतिक्रिया