१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

शिक्षकहरु कक्षाकोठामा फर्किएलान् ?


332
Shares

काठमाडौं, १२ वैशाख । शिक्षकहरु सडक आन्दोलनमा छन् । राजधानी केन्द्रित आन्दोलनमा झण्डै एक महिनादेखि रहेका शिक्षकलाई सरकारले बारम्बार आग्रह गर्दा पनि कक्षाकोठामा फर्किएनन् । जसका कारण कक्षा १२ को परीक्षा नै सर्न पुग्यो ।

बिहिबार सर्वोच्च अदालतले शिक्षकहरु तीन दिनभित्र काममा फर्कनुपर्ने गरी आदेश जारी गरेको छ । त्यसका लागि उनीहरुको समस्या समाधान गर्न पनि भनिएको छ । अब शिक्षकहरु काममा फर्कन वाध्य भएका छन् ।

सर्वोच्चको आदेश शिक्षामन्त्री परिवर्तन भई रघुजी पन्तले सपथ लिएकै दिन भएको हो । यसलाई अर्थपूर्ण मानिएको छ ।

शिक्षकहरु कक्षामा फर्कन वाध्य बनाइएपनि मागबारे भने के हुन्छ चासो बनेको छ । संसदको बजेट अधिवेशनमा उनीहरुको मागको सम्बोधन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया