११ बैशाख २०८२, बिहिबार | April 24, 2025

पाकिस्तान पथमा बङ्गलादेश


2k
Shares

विपिन देव: सत्तरीको दशकमा पाकिस्तानबाट विभाजित हु‘दै बङ्गाली संस्कृति, सभ्यता र भाषाको आधारमा स्थापित भएको बङ्गलादेशले पॉच दशकभन्दा बढीको आरोह र अवरोहहरू पार गरिसकेको छ । पाकिस्तानका जन्मदाता जिन्हा (कायदे आजम) को “टु नेशन थ्योरी” लाई तिरस्कार गर्दै समृद्ध भाषा, गहन साहित्य र समावेशी संस्कृतिलाई निरन्तरता दिन शेख मजहबुर रहमानले बङ्गलादेशलाई स्थायित्व दिदा दिदै नै सपरिवार मारिनुपरेको थियो । विदेशमा रहेका उनका दुई छोरीमात्र जिवित रहे त्यतिबेला । त्यसमध्येकी पुत्री शेख हसिनाले पिताको पथमा हिड्दै बङ्गलादेशलाई सम्पन्नता र समृद्धिको बाटोमा लगिन् । शेख हसिनाको नीतिले गर्दा बङ्गलादेशमा रहेका अल्पसंख्यक हिन्दु, शिख, इसाई, अहमदिया लगायत अन्य समुदायहरू सुरक्षित थिए । वर्तमानमा शेख हसिनाको अपदस्थीसँगै बङ्गलादेश हिंसाको भुमरीमा फसेको देखिन्छ । कट्टरपन्थीको बढ्दो दबदबा र आक्रमणका कारण हिन्दुहरू माथि सिलसिलावद्ध हमलाहरु भएका छन् । युनुस सत्तामा आएपछि २४०० हमला हिन्दुमाथि भएको तथ्यांक छ ।

हिन्दुहरू माथि हमलाको कारण के हो भन्ने प्रश्नको जवाफ पाकिस्तानद्वारा अल्पसंख्यकहरू माथि गरिएको व्यवहारले पुष्टि गर्दछ । पाकिस्तानको जन्म हु‘दा हिन्दुहरूको संख्या १७ प्रतिशत रहेको थियो भने वर्तमान परिवशेमा हिन्दुहरूको संख्या ३ प्रतिशत रहेको छ । ३ प्रतिशत हिन्दु अपहेलित, पिडित र प्रताडित अवस्थामा रहेको छ । बङ्गलादेशमा एक करोड भन्दा अधिक हिन्दुहरू जनसंख्याले जीवनको हरेक क्षेत्रमा आफ्नो प्रभाव र अस्मितालाई कायम गरेको छ । भर्खरै पूजा समितिका पूजनीय व्यक्तित्व भवेशचन्द्र रावको अतिवादी र कट्टरपन्थीद्वारा भएको हत्याले युनुस सरकारको नीति र नियतलाई प्रश्नको घेरामा राख्दछ । बङ्गाली संस्कृतीको आधारस्तम्भ नै समावेशी भएकोले सामाजिक स्तरमा धार्मिक विभेद देखिदैन तर राज्यद्वारा कट्टरपन्थी र अतिवादीलाई संरक्षण गरेको खण्डमा समाज बिखण्डनको अवस्थामा पुग्ने खतरा हुन्छ । हिन्दुहरू माथि नियोजित रूपमा भएको अन्याय र अत्याचार प्रति अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिकी सूचना प्रमुख तुलसी जयावर्टले आधिकारिक रूपमा अभिव्यक्ति दिएता पनि धरातलीय अवस्थामा सुधार नहुनुका विभिन्न आयामहरू छन् ।

बङ्गलादेशमा दुईवटा भाष्यहरूको दबदबा रहेको छ । पहिलो भाष्यको रूपमा “टु नेशन थ्योरी” रहेको छ भने दोस्रो भाष्यको रूपमा सन् १९७१ हारा स्थापित भाष्य रहेको छ । “टु नेशन थियोरी” अनसार हिन्दु र मुशलमान पृथक जाति, पृथक संस्कृती र पृथक विचार भएकोले गर्दा यी समुदायहरू बीच सहयात्रा सम्भव नरहेको यो विचार पद्वतिको आग्रह रहेको छ । सत्तरीको दशकको आग्रह विपरित रहेको छ । अर्थात् शेख मजहबुर रहमानको सिद्धान्त अनुसार हिन्दु र मुसलमान सभ्यता, संस्कृती, भाषा, रहन सहन, रूपरङ्ग र खानपानले समेत जोडिएकोले गर्दा धर्मको आधारमा सामाजिक बिखण्डन असम्भव छ । यही सिद्धान्तको कसीमा बङ्गलादेशको जन्म भएको थियो । बङ्गाली संस्कृति समरुपतालाई स्वीकार गरेकोले गर्दा बङ्गलादेशको प्रार्दुभाव हिन्दु धर्ममा विश्वास राख्ने बुद्धिजीविहरूले ठुलो संख्यामा सहादत दिएका थिए । तत्कालीन पाकिस्तानी सैनिक शासकहरूले हिन्दु बुद्धिजीविलाई तारो बनाएका थिए । इतिहासको आरोह र अवरोहमा यी दुई भाष्यहरूले बङ्गलादेशको राजनीतिक र सामाजिक जीवनलाई प्रभावित गर्ने गर्दछन् । जमाती इश्लाम र वि.एन.पी. जस्ता पार्टीहरू इश्लामीकरण र कट्टरपन्थीको पक्षमा उभिएको देखिन्छ भने अवामी लिगले सत्तरीको दशक र स्थापित भएका मूल्य र मान्यतालाई अंगिकार गरेको देखिन्छ । वि.एन.पी. र जमाती इश्लामीलाई विकास विरोधी पार्टीहरूको रूपमा समेत चित्रित गरिन्छ ।

प्रधानमन्त्रीको रूपमा खालीदा जीया हु‘दा दक्षिण एसियाले एउटा ठुलो मौका गुमाउनु परेको थियो । विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त अनुदान प्रयासमा दक्षिण एसिया, पूर्वी एसिया र चीनलाई जोड्ने सडक मार्ग “एसीयन हाइवे” को प्रस्ताव गरिएको थियो । खालीदा जीयालाई त्यो प्रस्ताव मान्य नभएको कारणले गर्दा उक्त योजना स्थगित भएको थियो । बङ्गलादेशमा युनुुसको आगमनले एकातर्पm सामाजिक विभेद चर्किएको छ भने अर्काेतर्फ विकास र निर्माणका योजनाहरू ठप्प परेको देखिन्छ । जानकारहरूको अनुसार बढ्दो कट्टरपन्थीको प्रभावले गर्दा बङ्गलादेश र पाकिस्तानबीच निकटता बढिरहेको छ । पाकिस्तानका विदेश सचिव र खुफिया प्रमुखको बङ्गलादेश यात्राले यी दुई देशहरूबीचको तादम्यता र निकटतलाई प्रदर्शन गर्दछ । बढ्दो उग्र इश्लामिकरणले समाजलाई अध्यारो तर्फ लग्दछ । मध्य एसियामा लेबनानलाई पेरिसको संज्ञा दिइन्थ्यो तर कालान्तरमा लेबनान आतंकवादीहरूको किडास्थलको रूपमा परिणत भयो । ६० को दशकमा अफगानिस्तान दिल्लीभन्दा आधुनिक र खुला थियो भने वर्तमान परिवशेमा तालिवानी नेतृत्वले गर्दा अफगानिस्तान बम, बारुद, अस्त्र र शस्त्रको भण्डार क्षेत्र भएको छ ।

यो आलोकमा बङ्गलादेशले प्रतिगमनको बाटोबाट रोक्न सत्तरीको दशकमा संघर्षको गाथालाई पुनः स्मरण गर्नु पर्दछ । बङ्गलादेशका जनता चेतनशिल रहेको कुरा सन् १९८९ र सन् २०११ को परिर्वतनले समेत देखाउ‘छ । भर्खरै पाकिस्तानका सैनिक प्रमुख असीम मूनीरले दिएका अभिव्यक्तिले गर्दा बङ्गलादेशमा रहेका अल्पसंख्यकहरूमा त्रासदी बढेको देखिन्छ । पाकिस्तानी प्रवासीहरूलाई सम्वोधन गर्ने क्रममा सैनिक मुखिया मूनीरले हिन्दु र मुस्लिम दुई पृथक संस्कृती भएकोले गर्दा दुईबीच समदुरी रहेको कुरा जिकिर गरेका छन् । साथसाथै पाकिस्तानको जन्मको उद्देश्य नै इश्लामको सिद्धान्तको अनुसार भएको समेत उनले उल्लेख गरेका छन् । यही “टुु नेशन थ्योरी”ले नै गर्दा पाकिस्तान विभाजित भएको कुरा उनले विस्मतिमा राखेका छन् । वर्तमान परिवेशमा पाकिस्तान पुनः बिखण्डनको वाटोमा गइरहेको देखिन्छ । ४५ प्रतिशत भूभाग ओगटेको बालुचिस्तान प्रदेशको २० प्रतिनिधि मात्र पाकिस्तानको सदनमा रहेका छन् । जबकि सदनको कुल संख्या २६६ रहेको छ । बालुचिस्तान विद्रोहको भूमरीमा रहेको छ । बालुचिस्तान प्रदेशमा नै चीनको गुरूयोजना ग्वादर वन्दरगाह निर्माण भइरहेको छ । विद्रोही लडाकुहरूले चिनियाँ नागरिकहरूलाई बारम्बार हत्या र आक्रमण गर्दै आएका छन् । बालुचिस्तानका लडाकु समुहको जिकिर छ कि चिनिया टोलीले ग्वादरवबाट माछा र अन्य खनिज पर्दाथ लग्नुको साथै उक्त योजनाबाट पाकिस्तानी सैनिकहरूलाई भ्रष्टाचारमा लिप्त र लुप्त भएको कारणले आक्रमणहरू हु‘दै आएको हो ।

भर्खरै बालुचीस्तानका लडाकु समुहले जाफर रेल नै कब्जा गरेका थिए । बालुचीस्तानको हाइबेमा समेत लडाकुहरूको नियन्त्रण रहदै आएको छ भने तीन जिल्ला बाहेक अन्यमा पुलिस र सैनिकको समेत उपस्थिति रहेको देखिदैन । अर्कोतर्फ, पाकिस्तानी समाजलाई सिरिया कानुन अन्र्तगत इशलामिकरण गर्न टि.टि.पि. (तहरिके तालिवान समुख) समेत आप्mना हिंसात्मक गतिविध बढाइरहेको छ । यस पृष्ठभूमिमा बङ्गलादेश पाकिस्तानको पथमा बढेको खण्डमा सुन्दर, समृद्ध र समावेशी बङ्गाली समाज धर्मको नाममा बिखण्डित र विभाजित हुन सक्दछ ।

 

प्रतिक्रिया