देउवा स्वदेश फर्किएपछि सरकार ढल्ला ?

काठमाडौंं, ९ वैशाख । सपरिवार बैंकक पुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको यात्रालाई रहस्यमयी मानिएको छ । केही महिना अघि भारत भ्रमण स्थगित गरेका देउवा बैंकक उडेका हुन् । उनी स्वास्थ्योपचारका लागि पुगेको बताइएको छ ।
परराष्ट्रमन्त्री समेत रहेकी देउवापत्नी आरजु राणा पनि बैंककमा छन् । देउवा परिवार सिंगापुर पनि पुग्ने बुझिएको छ ।
गभर्नर नियुक्तिमा विवाद र सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहँदा देउवाको भ्रमणले केही घटना विकास हुनसक्ने भनिएको छ । उनले त्यहाँ गोप्य राजनीतिक भेट पनि गर्ने विषय चर्चामा छ ।
देउवा फर्किएपछि सरकार ढल्ने हल्ला पनि बजारमा चलेको छ । यही बेलामा ओलीको पालामा विगतमा संवैधानिक निकायमा विगतमा नियुक्त भएका ५२ जनाको मुद्दाको फैसला हुने चर्चा पनि छ । यसले पनि गठबन्धन भत्कनसक्ने सम्भावना हुनसक्छ ।
देउवा फर्किएपछि नयाँ घटना विकास हुने आँकलन गरिएको छ । यसले ओली सरकारको भविष्य पनि निर्धारण हुन्छ । कतिपयले देउवाले अबको एक वर्ष कुरेर सरकारको नेतृत्व गर्ने सम्भावना पनि देखेका छन् ।