२६ फाल्गुन २०८१, सोमबार | March 10, 2025

राजावादीले मागेको कस्तो राजा ?


913
Shares

काठमाडौं, २५ फागुन । राजावादीहरु यतिबेला उत्साही भएका छन् । राजधानीमा पूर्वराजाको स्वागतमा हजारौं निस्किएपछि राजावादी उत्साही भएका हुन् । उनीहरु राजालाई फर्काउन समयमै मार्ग प्रशस्त गर्न भनिरहेका छन् ।

राजावादीहरु राजतन्त्र या राजसंस्था भन्छन् । तर, कस्तो राजा मागेको हो स्पष्ट छैनन् । उनीहरुले २०४७ सालको संविधानमा जस्तै राजा हो कि सेरेमोनियल राजा हो ? भनिरहेका छैनन् । सांस्कृतिक राजाको पनि चर्चा छ ।

राजावादीहरुले शक्तिशाली राजा खोजेका छन् । शक्तिशाली राजालाई राखेर शक्तिको अभ्यास गर्ने महत्वाकांक्षा कतिपय राजावादीको छ ।

गिरिजाप्रसाद कोइरालाले बेबी किङ पनि भनेका थिए । तर, पूर्वराजा शाह तयार नभएको खुलासाहरु भए । पूर्वराजामा फेरि फर्कने विश्वास छ ।

राजा फर्कन यथास्थितिमा काँग्रेस र एमालेको समर्थनविना सम्भव छैन । उनीहरु मिलेर संविधान संशोधन गरेमा सम्भव छ । दुई तिहाईको मत काँग्रेस र एमाले मिल्दा सम्भव हुन्छ ।

राजा फर्किएपनि शक्तिमा काँग्रेस र एमाले नै आउने हुन् । उनीहरुको संगठन सशक्त छ । यी दुई दलको विकल्पमा शक्तिशाली संगठन भएको शक्ति नआएसम्म राजा भएपनि नभएपनि शक्ति उनीहरुकै आँडमा चल्ने हो ।

प्रतिक्रिया