१६ फाल्गुन २०८१, शुक्रबार | February 28, 2025

युक्रेनले हारेको भूभाग रुसको, खनिज अमेरिकाको


February 28, 2025
4.5k
Shares

एजेन्सी, १६ फागुन । लोकप्रीयताको जगमा उठेको एकजना हाँस्यकलाकारले युक्रेनलाई सँसारकै कमजोर देशमा परिणत गरेका छन् । ती पात्र हुन् भ्लादिमिर जेलेन्स्की । उनले राष्ट्रवादको उग्र नारा बोकेर युक्रेनलाई युद्धमा होमे । तर, युद्धले भूभाग गुमाए र बाँकी रहेको भूभागको खनिज स्रोत विदेशीको हातमा पुर्याए ।

युक्रेनले क्रिमियालगायत महत्वपूर्ण भूभाग गुमाएको छ । रुसको कब्जामा रहेको ती भूभाग फिर्ता पाउने सम्भावना देखिदैन । अब युक्रेनसँग जे जति भूभाग छ त्यसमा रहेको खनिज अमेरिकाको हातमा पुग्ने निश्चित भएको छ ।

जेलेन्स्की खनिजसम्बन्धी सम्झौता गर्न अमेरिका पुगेका छन् । त्यो निशर्त छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई युद्धमा जुन रकम सहयोग गरे त्यो फिर्ता मागेका छन् । त्यसको बदलामा खनिज मागेपछि जेलेन्स्की तयार भएका छन् ।

प्रतिक्रिया