मोहम्मद अलीले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको सबै प्रश्नको उत्तर मिलाएपछि…

काठमाडौं, ३ फागुन । टुँडिखेलमा शुक्रबार हिन्दू स्वयंसेवक संघद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सोधिएको प्रश्नमध्ये सबैको उत्तर मिलाउने ६८ जना थिए । जसमध्ये एक थिए मोहम्मद अली ।
जया मल्टिपल क्याम्पसमा कक्षा ११ मा अध्ययनरत अलीले दश हजार सहभागी विद्यार्थीमध्ये सबै प्रश्नको उत्तर मिलाउने ६८ जनामा आफूलाई पार्न सफल भए । उनले नगद पुरस्कार र प्रमाणपत्र पनि लिए ।
नेपालको इतिहास, भूगोल, संस्कृति, परम्पराका अलावा हिन्दू धर्मसम्बन्धी सोधिएको प्रश्नमा मुसलमान समुदायका मोहम्मद अलीले शत प्रतिशत मिलाएर पुरस्कार लिंदा तालीको गडगडाहट सुनिन्थ्यो ।