भूमिसम्बन्धी अध्यादेशबाट मुलुकलाई छिन्नभिन्न पार्ने खेल हुनसक्ने जसपा नेपालको निष्कर्ष
काठमाडौं, २९ माघ । जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशले भविष्यमा आन्तरिक द्वन्द्व सृजना भई मुलुकलाई नै छिन्नभिन्न पार्ने खेल हुनसक्ने निष्कर्ष निकालेको छ । मंगलबार यसबारे निर्णय सार्वजनिक गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशले आन्तरिक बसाई सराई तथा आप्रवासनमा अत्याधिक वृद्धि भई भविष्यमा देश छिन्नभिन्न हुने खेल हुने निष्कर्ष निकालेको हो ।
अध्यादेश विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणमा सीमा तथा क्षेत्र समेत नतोकी विक्री वितरण गर्ने वा बाँड्ने ल्याइएको ठहर गरेको छ । उनले अधयादेशप्रति गम्भीर असहमति र विरोध रहेको जनाएका छन् ।