२६ माघ २०८१, शनिबार | February 9, 2025

ओली संगठित अपराधको मतियार भएको प्रचण्डको आरोप


February 6, 2025
664
Shares

काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संगठित अपराधको मतियारको आरोप लगाएका छन् । बिहिबार संसदमा बोल्दै उनले ललिता निवास जग्गा प्रकरण र कर छलीमा दोषी ठहर व्यवसायी मीनबहादुर गुरुङको पैसाले पार्टी कार्यालय बनाउन खोज्नुले संगठित अपराधको मतियार प्रमाणित भएको टिप्पणी गरे ।

प्रचण्डले गुरुङलाई सँगै राखेर पार्टी कार्यालय शिलान्यास गर्ने ओलीको कदमको नैतिक, राजनीतिक र कानूनी प्रश्न उठाए । उनले भने, ‘कर छली र ललिता निवासबाट आएको पैसाले कार्यालय बनाउने संगठित अपराधको मतियार हो कि होइन ?’

अहिले व्यक्तिप्रतिको आक्रोश व्यवस्थामाथि आक्रोशमा बदलिने त होइन ? भन्दै गम्भीर हुन आग्रह गरे । प्रचण्डले शेरा दरबार र क्यानटनमेन्टमा आफूमाथि छानविन गर्न चुनौती दिए ।
सरकारले ल्याएको अध्यादेश भूमाफियालाई फाइदा गर्नका लागि भएको प्रचण्डको टिप्पणी थियो ।

विद्युतको महशुल नतिर्ने उद्दोगीलाई लाभ दिने गतिविधि गरेको तर भुईँमान्छेको घरका लाइन काटेको प्रचण्डले बताए । यसले कुनैपनि बेला सडकमा आक्रोश पोखिने उनको भनाई थियो ।

प्रतिक्रिया