पूर्वआइजीपीहरु एकै ठाउँमा भेला
काठमाडौं, १९ माघ । नेपाल प्रहरीका पूर्वआइजीपीहरु एक ठाउँमा भेला भएका छन् । शनिबार विहान एक पूर्वआइजीपीको घरमा उनीहरु भेला भएका हुन् ।
विश्वस्त स्रोतका अनुसार पूर्वआइजीपीहरुले देशको वर्तमान अवस्था र सुरक्षासम्बन्धी विषयमा छलफल गरेका हुन् ।
भेलामा पूर्वआइजीपीहरु मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, कुबेर राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुर प्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री र धीरजप्रताप सिंह सहभागी थिए ।