१३ माघ २०८१, आइतबार | January 26, 2025

दिनेश त्रिपाठीमाथि रविका लडाकुको आक्रमणपछि चौतर्फी आक्रमण


January 24, 2025
1.5k
Shares

काठमाडौं, ११ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी एकपछि अर्को आक्रमणको शिकार बन्न थालेका छन् । उनीमाथि रविका विश्वासपात्रहरुले अदालतमा आक्रमण गरेपछि सुरक्षा खतरा झन् बढेको छ ।

हक्की स्वभावका त्रिपाठी अन्याय र अत्याचारविरुद्ध खरो रुपमा प्रस्तुत हुन थालेका छन् । उनले न्यायाधीशहरुको विवादास्पद फैसलाविरुद्ध पनि बोलेका छन् । न्यायालयमा मौलाएको भ्रष्टाचारविरुद्ध खुलेर बोलेपछि उनी तारोमा पर्दै आएका थिए । अहिले लामिछानेका विश्वासपात्रहरुले आक्रमण गरेपछि उनको अभिव्यक्तिलाई लिएर न्यायाधीश समाजका नाममा विज्ञप्ति जारी गर्ने समेत देखियो ।
शुक्रबार त्रिपाठीविरुद्ध मुद्दा दायर भएको छ । यो उनलाई हतोत्साही बनाउने उद्देश्यले प्रेरित देखिन्छ । त्रिपाठीले भने कुनैपनि डर, धाक, धम्कीबाट पछि नहट्ने बताउँदै आएका छन् । उनले न्यायका लागि आफू शतिशाल बनेर उभिने समेत बताएका छन् ।

सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध बहस गरेका त्रिपाठीले र्पुपक्षका लागि थुनामा नपठाई धरौटीमा रिहा गरेकोमा गम्भीर प्रश्न उठाएका थिए । उनले रविलाई धरौटीमा रिहाईको आदेश दिने न्यायाधीशहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने बताएका थिए ।

त्रिपाठीको अभिव्यक्तिले तरंग नै आयो । उनको अभिव्यक्तिलाई लिएर उदयपुरका दिलबहादुर राईले मुद्दा दायर गरेका छन् । न्यायाधीश समाजले त्रिपाठीको अभिव्यक्तिमाथि खेद प्रकट गरेको भोलिपल्ट मुद्दा दायर हुनु अर्थपूर्ण छ ।

अहिले अन्यायका विरुद्ध सशक्त रुपमा उभिएका त्रिपाठीविरुद्ध चौतर्फी हमला बढेको छ । त्यसमाथि न्यायाधीश समाजका महासचिव टेकनारायण कुँवर खुलेरै त्रिपाठीविरुद्ध उभिए । कुँवर आफै विवादमा परेका न्यायाधीश हुन् । उनी नेताको घरदैलोमा दौडधूपमा लागेको विषय खुलेको थियो ।

प्रतिक्रिया