९ माघ २०८१, बुधबार | January 22, 2025

आइपिओ प्रकरणमा अख्तियारको छानबिन, को को समातिएलान्


January 21, 2025
664
Shares

काठमाडौं, ८ माघ । प्रिमियम मूल्यको आइपिओमा व्यापक भ्रष्टाचार भएको खुलेको छ । मोटो कमिशन लिएर घाटामा गएका कम्पनीलाई समेत नाफामा देखाएर योजनावद्ध तरिकाले आइपिओ जारी गर्दा ठूलो भ्रष्टाचार भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको हो ।

नेपाल धीतोपत्र बोर्डको अध्यक्ष हुँदा रमेश हमालले प्रिमियम मूल्यको आईपिओमा भ्रष्टाचार गरेको विषयमा अख्तियारले बयान लिन थालेको छ । बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठसहितका उच्च पदस्थ कर्मचारीहरुसँग बयान लिइसकेको छ । त्यहाँका भ्रष्ट कर्मचारीहरु यतिबेला बच्ने उपायको खोजीमा लागिपरेका छन् ।

यसरी छानविनमा पर्नेमा कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, डेपुटी कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी र निर्देशक शंकर प्रसाद रिमालसहितका कर्मचारीहरु छन् । उनीहरुले सेबोनको उच्च तहमा रहेर शेयर माफियासँग सेटिङ गर्ने र नीतिगत निर्णयहरु कानुन बिपरित गरी भ्रष्टाचार गरेका हुन् ।

मुक्ति श्रेष्ठसहितका कर्मचारीहरुले रमेश हमाललाई दोष थोपरेका छन् । हमालकै आदेशमा गैर कानुनी कार्यहरुमा हस्तक्षर गर्न बाध्य भएको भन्दै पन्छिन खोजेको विश्वस्त स्रोतले बताएको छ ।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमा गैर कानुनी तरिकाले मूल्य निर्धारण गरी अनुमति दिएका थिए बोर्डका अधिकारीहरुले। रमेश हमालले बुक बिल्डिङको मूल्य निर्धारण लगायतका प्रक्रियाहरु कर्मचारीहरुले गर्ने र आफूले नीतिगत स्वीकृति मात्रै दिने गरेको दाबी गरेपनि कर्मचारी उनको आदेशको पालना मात्र गरेको भन्दै पन्छन खोजेका छन् । अख्तियारबाट बच्न प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थसँग समेत धाइरहेका छन् धीतोपत्र बोर्डका कर्मचारी । यस्तै सिमेन्ट उद्योगी बिष्णु प्रसाद न्यौपानेमार्फत अख्तियारमा सेटिङ गर्न दौडधूप बढाएका छन् । सर्वोत्तम सिमेन्टका बिष्णु न्यौपानेले भक्तपुरस्थित राधेराधेमा बनाइएको १० तल्ले भवन डेढ दशकदेखि अलपत्र रहँदै आएको छ । न्यौपानेले भाटभटेनीका मालिक मिन बहादुर गुरुङसँग बिशेष सम्बन्ध रहँदै आएको छ । उनको धन शंकास्पद रहेको भन्दै छानविन भएपनि शत्तिकेन्द्र धाएर जोगिने गरेका छन् ।

प्रतिक्रिया