२९ पुस २०८१, सोमबार | January 13, 2025

हिन्दुत्वः सामाजिक एवं राजनीतिक आन्दोलन


January 13, 2025
1.2k
Shares

विपिन देवः सन् १९२५ विजयादशमीको दिन स्थापना भएको हिन्दु स्वयंम सेवक संघ १०० वर्षको यात्रामा प्रवेश छ । चिनियाँ कम्युनिष्ट पार्टी र भारतीय राष्ट्रिय काङ्ग्रेस झै यो संगठन पुरानो भएता पनि राजनीतिक दल होइन । तर, एक राजनीतिक आन्दोलन हो । हिन्दुत्व विचारको राजनीतिक र सामाजिक आन्दोलन । संगठनको संरचना र कार्यकर्ताको हिसाबले आर.एस.एस.लाई संसारको सबभन्दा विराट संगठनको रूपमा लिइन्छ । आर.एस.एस. को निर्माणको प्रमुख ध्येय चरित्र निर्माण गर्नु हो । चारित्रिक विकास विना व्यक्तिको राष्ट्र निर्माणमा भूमिका नहुने आर.एस.एस.को ठहर रहेको छ ।

आर.एस. निर्माणमा विभिन्न चिन्तन र दर्शनको गहिरो प्रयोग रहेको छ । अरविन्दको दर्शन र सावरकरको विचारले आर.एस.एस.लाई प्रभावित गरेको देखिन्छ । आर.एस.एस. को आरम्भकर्ताको रूपमा डा. केशवराम वलिराम हेडेगरलाई लिइन्छ । अरविन्द दर्शनबाट प्रभावित भएर अंग्रेज विरुद्ध अनुशिलन समिति बँगालमा सक्रिय रहेको वेला हेडगेवार यस समितिबाट समृद्ध थिए । डा. हेडगेवारले गान्धीको नेतृत्वमा रहेको राष्ट्रिय काङ्ग्रेस अधिवेशनको व्यवस्थापन गरिरहेका संगठन भारत स्वयं सेवक मण्डलको नेतृत्व समेत गरेका थिए । सन् १९२३ मा हिन्दु मुस्लिम दङ्गाले गर्दा हेडगेवारको काङ्ग्रेस प्रतिको मोह भंग भएको देखिन्छ । तर व्यक्तिगत रूपमा गान्धीको डन्डी मार्चमा समेत उनले भाग लिएको देखिन्छ । हेडगेवारको प्रस्तावना नै आर.एस.एस.लाई शक्ति र सत्ताको उन्मादबाट टाढा राख्नु थियो । सत्ता प्राप्तिको खेललाई वेश्यावृत्तीसँग तुलना गर्दै हेडगेवरले चारित्रिक निर्माणमा अधिक बल दिदै आर.एस.एस.लाई विस्तार गर्दै लगे ।

सन् १९४० जुन २१ पश्चात् संगठनको नेतृत्व ग्वालवलकर (गुरुजी) ले ग्रहण गरेको देखिन्छ । गुरुजीले हिन्दुत्वलाई राजनैतीक दर्शनको रूपमा व्याख्या गर्दै आर.एस.एस.लाई जन जनको मनमा पुर्याए । गान्धी हत्या पश्चात ७ महिनाको लागि आर.एस.एस. प्रतिबन्धित अवस्थामा रहे । स्वयं गुरुजी समेत कैद गरिए । नेहरु सरकारका गृहमन्त्री पटेलको विशेष सक्रियतामा भएको छानबिनले गुरुजी लगायत संगठनमा अरु नेतृत्व पंक्तिलाई गान्धी हत्याको आरोपबाट मुक्त गराइयो । गुरुजीको मुख्य भुमिका सांस्कृतिक जागरणको थियो । उनको विशेष अनुरोधबाट प्रभावित भएर नै काश्मिरका महराज हरि सिंहले भारतीय एकीकरण एक्टमा हस्ताक्षर गरेर काश्मिरलाई भारतमा विलय गराएका थिए । गुरुजीले आफ्नो दार्शनिक दृष्टिकोण आफ्ना पुस्तक “वन्च ऑफ थौट” बाट सार्वजनिक गरेका छन् । ५० को दशकमा गुरुजीले आत्मनिरिक्षण गर्दै राजनीतिक सत्तामा सहकार्य गर्ने तर आर.एस.एस.लाई राजनीतिक दल नबनाउने निष्र्कषमा पुगे । अर्कोतर्फ, हिन्दुमहासभाले समेत भारतीय विभाजन, विरुद्ध हिन्दु संस्कृतिको उत्थान र भारतको वैभवलाई पुनः स्थापनाको लागि लामो समयसम्म आन्दोलित रहेको थियो । यसमा दुई मुर्धन्य व्यक्तित्वहरूको चर्चा आवश्यक देखिन्छः सावरकर र डा. श्यामा प्रसाद मुखर्जी । अदभुत साहस, क्रान्तिकारी कवि र लेखक समेत रहेका सावरकार बेलायतबाट शिक्षित र दिक्षित थिए । उनका क्रान्तिकारी पुस्तक “वार अप‘m इण्डियन इनडिपेन्डेस्” प्रकाशित हुनु भन्दा पहिले नै प्रतिबन्धित भएका थिए । संसारमा दुई जन्मसम्म कैद पाएका व्यक्तित्व सावरकर नै हुन । बीच समुद्रबाट पानी जहाजवाट हाम फाल्न सक्ने, जेलको पर्खालमा १० हजार कविता लेख्न सक्ने, गान्धी भन्दा पहिले नै अंग्रेजद्वारा उत्पादित समानहरूलाई आगो लगाएर बहिस्कार गर्न सक्ने सावरकर नै थियो । उनको कृती “हिन्दुत्व”ले भगत सिंहलाई समेत प्रभावित गरेका थिए । आर.एस.एस.सँग सावरकरको दार्शनिक सम्बन्ध रहेको छ । सावरकर हरेक हिन्दु विचारधारालाई प्रभावित गरेको देखिन्छ । ५० को दशकमा गुरुजी र डा. श्यामप्रसाद मुखर्जी बीच एक सहमति निर्माण भयो । तदनुरुप आर.एस.एस.ले व्यक्रितव निर्माण गरेर जनसंघको माध्यमबाट भारतीय राजनीतिलाई प्रभावित गर्ने निधो गर्यो । डा. मुखर्जीलाई भारतीय संसदको सिंहको रूपमा चित्रित गरिन्थ्यो ।

नेहरु सरकारवाट राजीनामा दिएर नेहरुको काश्मिर नीतिलाई उनले प्रश्नको घेरामा ल्याउंदै आप्mनो गिरफ्तारी काश्मिरमा दिए । ३३ वर्षको उमेरमा कलकता विश्वविद्यालयका उपकुलपति समेत भइसकेका डा. मुखर्जी भारतको लोकतान्त्रिक प्राङणमा वौद्धिक रूपमा नेहरुलाई टक्कर दिन सक्ने एक मात्र विराट व्यक्तित्व थिए । उनको रहस्यमय मृत्यु काश्मिरको जेलमा भएको थियो । तत्कालीन समयमा काश्मिरको छुट्टै विधान समेत थियो । डा. मुखर्जीको नारा नै एक देशमा एक विधान, एक निशान र एक प्रधान मात्र हुनु पर्दछ भने थियो । जनसंघ र आर.एस.एस.बीच तादम्यता र दुरी समेत थियो । गुरुजी जनसंघ आबध नभएता पनि जनसंघको पथपर्दशकको रूपमा का गर्थे । डा. मुखर्जीको सहादत पश्चात आर.एस.एस.बाट पण्डित दिन दयाल उपाध्यायलाई जनसंघको वागडोर समाल्न निर्णय गरियो । पण्डित दिन दयाल उपाध्याप आर.एस.एस.को दिशा निर्देशबाट जनसंघको नेतृत्व ग्रहण गरे । पण्डित दिन दयाल उपाध्यायले जनसंघलाई एक बैचारिक दृष्टिकोण दिए । उनले प्रतिपादित गरेका दृष्टिकोणलाई “एकात्मक मानववाद भानिन्छ । कम्युनिष्ट पार्टीका लागि कम्युनिष्ट मेनीफेष्टो भैm भारतीय जनता पार्टी (कालान्तरमा जनसंघबाट परिर्वतित नाम) को लागि एकात्मक मानववाद रहेको छ । पण्डित उपाध्यायले पू‘जीवाद र साम्यवादलाई उद्यौगीकरण र पश्चिमा समाजको मानसपुत्रको रूपमा व्याख्या गर्दै यी दुई वटै वादहरूले मानवलाई उपभोगकर्ता, वस्तुवादी र पाश्विक चरित्र मात्र भएको कुरा व्याख्या गर्दै यसको विकल्पको रूपमा एकात्मक मानववादलाई सारेका छन् । पण्डित उपाधयायले चिती (आत्मा) र विराट (उर्वा) को विकासमा अधिक गोर दिएका छन् । अन्तोदयका सिद्धान्तलाई दार्शनिक धरालत दिदै राज्यको महत्वपूर्ण दायित्व नै सबभन्दा पिडित र प्रताडित व्यक्तिको समस्यालाई समाधान गर्नु हो भन्ने व्याख्या दिन दयालजीको रहेको छ । राज्यको दायित्व नै “नर” लाई “नारायण” मा रूपान्तिरत गर्नु हो भन्ने उनको तर्क रहेको छ । पण्डित दिन दायालका वैचारिक दर्शन “राष्ट्रधर्म” र “पञ्चजन” पत्रिकामा समेत प्रकाशित भएको थियो । उनले व्यष्टि र समिष्टिको अवधारणालाई एकात्मक मानववादमा व्याख्या गर्नु भएको छ ।

सन् १९६८ मा पण्डित उपाध्यायको मृत्यु रेलको यात्राको क्रममा मुगलसराय स्टेशनमा भएको थियो । ४० को दशक देखि ७० को दशकसम्म आर.एस.एस.को संगठन निर्माण र जनसंघलाई दिगदर्शन गर्ने काम दिनदय गुरुजीले नै गरेका हुन् । आर.एस.एस.को वैचारिक र संगठनात्मक विकासलाई समिक्षा गर्दै बद्रि नारायणले आफ्ना पुस्तक “रिपलिक आप‘m हिन्दुत्वमा” गुरुजी पश्चात हिन्दुत्वको आन्दोलनलाई अगाडी बढाउन अटल विहारी वाजपेयी र लालकृषण आडवाणीलाई उनले उच्च मुल्याङ्कण गरेको देखिन्छ । ७० को दशकमा आडवाणी र वाजपेयी जे.पी. नेतृत्वमा इन्दिराको आपत्तकालीन शासन प्रणालीको विरोधमा आन्दोलन गरे । मूरारजीको प्रधानमन्त्रीत्व कालमा वाजपेयी परराष्ट्रमन्त्री र आडवाणी सूचना मन्त्री समेत भए । तत्पश्चात जनसंघ भारतीय जनता पार्टीमा रूपान्तरित भयो । ८० को दशकमा आर.एस.एस.को दिग्दर्शनमा वि.जे.पी.ले हिन्दुत्वलाई राष्ट्रिय मुद्दा बनाउ‘दै रामजन्मभुमी आन्दोलन र रथ यात्रा चलाएर सत्तारोधन गर्दै वाजपेयीको नेतृत्वमा सरकार बनाए । आर.एस.एस. संगठन विस्तारमा अगाडी बढ्दै गए । भाजपाका नेतृत्व मण्डल मोदीदेखि गडकरीसम्म सबै उच्च कोटिका व्यक्तित्वहरू आर.एस.एस.बाट प्रशिक्षित छन् । सन् २०१४ देखि हालसम्म भाजपा. मोदीको नेतृत्वमा सत्तारोहन गरेको छ भने त्यसको सैद्धान्तिक दिशानिर्देश दिने काम आर.एस.एस.ले गर्दै आएको छ । आर.एस.एस.को चुस्त र दुरुस्त संगठनले अमेरिकी चुनावलाई समेत प्रभावित गर्ने सार्मथ्य राखेको छ भने वर्तमान परिवेशमा वंगलादेशको युनुस सरकारलाई समेत खबरदारी गरेको छ । १०० वर्षको यात्रा आरोह र अवरोहले भरेको देखिन्छ ।

प्रतिक्रिया