२६ पुस २०८१, शुक्रबार | January 11, 2025

पशुपति धर्मशाला विवादमा बालेनलाई धक्का, मारवाडी सेवा समितिको पक्षमा आदेश


January 10, 2025
747
Shares

काठमाडौं, २६ पौष । पशुपति धर्मशाला विवादमा अदालतले मारवाडी सेवा समितिको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरु खडानन्द तिवारी र सुर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि समितिलाई व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

पशुपति धर्मशाला मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको छ । राणा कालमै मारवाडी समुदायले निर्माण गरी सञ्चालन गरेको धर्मशालाबारे पशुपति विकास कोषले लिएको निर्णय विवादमा परेको हो । उसले काठमाडौं महानगरपालिकालाई गुहारेको थियो । बालेन साहले धर्मशाला सञ्चालन महानगरपालिकाको हातमा ल्याउन खोजेपछि मारवाडी सेवा समिति अदालत पुगेको थियो । एसिएसन ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौं महानगरपालिकाविरुद्ध मुद्दा दायर गरेकोमा अन्तिम टुंगो नलागेसम्म व्यापार व्यवसायमा अवरोध नगर्न आदेश आएको हो ।

प्रतिक्रिया