२६ पुस २०८१, शुक्रबार | January 11, 2025

सहकारी ठगीमा रविविरुद्ध कति मुद्दा दायर होला


January 10, 2025
830
Shares

काठमाडौं, २६ पौष । सहकारी ठगी प्रकरणका अभियुक्त रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा त भए । तर, उनीविरुद्ध थप मुद्दा दायर हुने भएको छ ।

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । मुद्दा दायर पछि कास्की प्रहरीको हिरासतबाट छुटेपनि रविविरुद्ध अन्य सहकारी ठगी मामलामा पनि मुद्दा दायर हुने भएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धानपछि प्रहरीले बिहिबार लामिछाने, पूर्वडिआइजी रविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय रुपन्देहीलाई बुझाइसकेको छ । त्यहाँ पनि रविविरुद्ध अनुसन्धान हुने भएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि रवि मुछिएका छन् । उनलाई यो मामलामा पनि अदालतमा उपस्थित हुन भनिएको छ । आइतबार लामिछाने अदालतमा उपस्थित हुने भएका छन् ।

रविविरुद्ध चितवन, पोखरा, बुटवल, काठमाडौंलगायत दर्जनौं सहकारीमा ठगीको अभियोग छ ।

प्रतिक्रिया