६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

चिनियाँ बिमानबाट अरबौं घाटा व्यहोरेको निगम तीन विमान किन्दै


0
Shares

काठमाडौं, ४ वैशाख । चिनियाँ विमान सेतो हात्ति सावित भई अरबौंको नोक्शानी भोगेपछि नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि नयाँ विमान खरिद प्रक्रिया बढाएको छ । उसले तीन विमान खरिदका लागि प्रक्रिया बढाएको जानकारी दिएको छ ।

निगमले आज सोमवार प्रेस विज्ञप्तिमार्फत् आन्तरिक उडानका लागि तीनवटा साना जहाज खरिद गर्ने जानकारी गराएको हो । नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाज खरिद गर्ने कार्ययोजना बढाउन उपसमिति गठन गरी कार्य समेत सुरु भइसकेको छ । निगमले कुन कम्पनीसँग खरिद गर्ने टुंगो नलगाएपनि पारदर्शी रुपमा खरिद गर्ने उल्लेख छ ।

यसअघि आन्तरिक उडानका लागि चीनबाट भित्राइएका ६ वटा विमान नेपाली आकाशका लागि प्रतिकूल भई ग्राउन्डेड भएपछि निगमले नयाँ विमान खरिद बढाएको हो । ती विमानहरु २०१४, २०१७ र २०१८ मा पटक पटक गरी भित्राइएको थियो ।

पाइलटको अभाव, स्पेयर पार्ट र इन्जिनियरको अभाव देखिएपछि अरबौं घाटा व्यहोरेपछि २०२० बाट ग्राउन्डेड अवस्थामा राखिएको छ । ६ मध्ये एउटा दुर्घटनामा परेको र बाँकी पाँच विमानहरु विक्री गर्न निगमले प्रक्रिया बढाएको छ ।

६ अर्ब ६७ करोड नेपाली रुपैयाँमा ४ वटा चिनियाँ विमान खरिद गरिएका हुन् भने २ विमान चीनले अनुदानका रुपमा दिएको हो । तर, विमान सञ्चालनमा वार्षिक ६० करोड घाटा व्यहोरेपछि ग्राउन्डेड गरिएको हो ।

प्रतिक्रिया