१३ पुस २०८१, शनिबार | December 28, 2024

पाकिस्तानसँग गठजोडले असफलतातर्फ बँगलादेश


December 27, 2024
1.7k
Shares

विपिन देव: भारत विभाजनलाई लेखकहरू इतिहासको दुर्घटनाको रूपमा व्याख्या गरेका छन् । डा. राममनोहर लोहियाले “गिलटी मान ऑफ पार्टीसन अफ इण्डिया”मा विभाजनका कारण नेताहरूको महत्वांकाक्षालाई दोषी करार दिएका छन् । गान्धी जस्ता महामानवको प्रयासका बाबजुद पनि भारत विभाजित हु‘दै पाकिस्तानको जन्म भयो । भारतीय स्वतन्त्रता संग्रामको महायज्ञबाट उत्पन्न भएका स्वतन्त्रताको अमृतरसको साझेदारी पाकिस्तानले ग्रहण गरोस् भन्ने गान्धीको इच्छा थियो । गान्धीको अहिंसा र सत्यको भाष्य, नेहरूदेखि लोहियाको समाजवादको भाष्य, विनावाभावेको सामाजिक रूपान्तरणको आन्दोलनलाई पाकिस्तानले इतिहासको विरासतको रूपमा आत्मसाथ गरेन ।

सभ्य समाजले इतिहासँग सम्बन्ध विच्छेद गर्दा भविष्य सुन्दर हुंदैन र पाकिस्तानको परिपेक्षमा यही सत्य सावित देखिन्छ । पाकिस्तान राज्यको रूपमा अंकुरित हुँदा आधुनिकरण र समाजिक रूपान्तरणको बदलामा इश्लामीकरण र सरियत कानुनलाई जीवनशैली बनाए । समाजलाई “हराम (धार्मिक रूपले नजापज) र हलाल (वहिष्करण)को रूपमा विभाजित गरे । अर्थात् पाकिस्तानमा प्रजातन्त्र पुलकित र पुष्पित भएन । पाकिस्तान तानाशाहको ताण्डबको नृत्यशालामा परिणत भयो । विभेद र दमनका कारण ७० को दशकमा पाकिस्तानमा विद्रोहको ज्वारभाटा विष्फोट भयो । बँगाली समुदायले पहिचान, भाषा र संस्कृतीलाई आधारस्तम्भ बनाएर आन्दोलनलाई अगाडि बढाए । प्रतिउत्तरमा पाकिस्तानी सैनिक शासकले दमनचक्रको प्रयोग गरे । सैनिक बर्बरता र नरसंहारमा ३ लाख आन्दोलनकारी सहादत प्राप्त गरे । मानवअधिकार र प्रजातन्त्रको नेतृत्व गर्ने अमेरिका सन् १९५६ मा नै पाकिस्तानको एलाई (सहयोगी) भएको कारणले नै पश्चिमा शक्तिहरू समेत नरसंहारको विभत्सदृष्य प्रति मौनता देखाएका थिए । भारतका तत्कालीन प्रधानमन्त्री इन्दिर गान्धीको अब्बल नेतृत्वले पाकिस्तानी सैनिकद्वारा दमनलाई सैन्य रूपले जवाफ दिदै पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै बँगबन्धु शेख मुजिवहर रहमान (शेख हसीनाका पिता) को आन्दोलनलाई पूर्ण सैन्य सहयोगका साथ अगाडी बढाए । भारतीय सैनिक अदभूत पराक्रम देखाएर ९० हजार पाकिस्तानी सैनिकलाई युद्धवन्दी बनाए । सो सैनिक संग्राममा ३ हजार भारतीय सैनिकहरू समेत सहादत प्राप्त गरे । अमेरिका र चीनको धम्की र दबाबका बाबजुद पनि इन्दिरा गान्धी टसमस भएन । भारतीय हस्तक्षेपको कारणले गर्दा पाकिस्तान विभाजित हुंदै एउटा नयॉ राष्ट्र बँगलादेशको जन्म भयो ।

बँगलादेश आधुनिकरणको बाटोमा लम्के । विगत २ दशकमा बँगलादेशको अर्थतन्त्रले फड्को मारिरहेको थियो । बँगलादेशी लत्ता कपडाहरू युरोपेली बजारमा देखिन्थ्यो भने स्पेयर पार्टसको क्षेत्रमा समेत उल्लेख प्रगति गरिहेको थियो । सन् २०१४ मा मोदीको आगमनको साथै भारतसंगको आर्थिक कारोवार उदेगलाग्दो अवस्थामा थियो । उर्जा, कनेक्टिभिटी र उत्पादनको क्षेत्रमा बँगलादेश दक्षिण एशियाको लागि उदाहरण हुंदै थियो । बँगलादेशको विकास कट्टरपन्थीलाई पॉच्य थिएन । पाकिस्तानी खुपिया एजेन्सी बँगलादेशको विभिन्न उच्च स्तरीय संयन्त्रमा सक्रिय रहेको थियो । बँगलादेशमा गैर सरकारी संस्थाको आवरणमा विभिन्न पश्चिमा दातृ संस्थाहरूको सक्रियता रहेको थियो । यी सम्पुर्ण कारक तत्वहरूको कारणले गर्दा सन् २०२४ अगष्ट ५ का दिन शेख हसिना बँगलादेशको निर्वाचित प्रधानमन्त्री हुंदा हुंदै पनि सत्ता छोड्न वाध्य भई भारतमा शरण लिन वाध्य भइन् । वर्तमान परिवेशमा बँगलादेश इतिहासको गम्भीर गन्तव्यमा उभेको छ । कट्टरपन्थीहरू इश्लामीकरणको नाममा समाजमा रहेका अल्पसंख्यकहरूलाई हिंसाको शिकार बनाइरहेको छ । भारत विभाजन पश्चात नै हिंसाको अधिक शिकार हिन्दु बन्दै आएको छ । सन् १९५४ मा पाकिस्तानका शासक लियाकत अलीले भारतको तत्कालीन प्रधानमन्त्री नेहरुलाई पाकिस्तानमा रहेका हिन्दुहरूको सुरक्षा गर्ने लिखित प्रतिवद्धता गरेता पनि पाकिस्तानमा हिन्दुहरूको संख्या १७ प्रतिशतबाट ३ प्रतिशतमा झरेको छ भने बँगलादेशको कट्टरपन्थीले पाकिस्तानको शैलीलाई अवलम्वन गर्दै छ । नोवेल विजेता मोहम्मद युनुस नेतृत्वको सरकार अल्पसंख्यक प्रतिको ज्यादतीलाई रोक्न असर्मथ देखिएको छ भने भारतसंगको सम्वन्धलाई सामान्य बनाउन असर्मथ रहेको छ ।

बँगलादेशको उत्पादन भारतको कच्चा पर्दाथ माथि निर्भर रहेको छ । वर्तमान परिवेशमा बँगलादेश इश्लामीकरणको वाटोमा लम्किदै छ । भर्खरै सन् २०२४ डिसेम्वर १३ का दिन इजिप्टको कायरामा वंगलादेशका अन्तरिम शासक युनुस र पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफबीच सघन वार्ता भएको छ । वार्ताले पाकिस्तान र वंगलादेश विच गठजोड हुने संकेत दिएको छ । ५३ वर्षको अन्तरकालमा पाकिस्तानी सामुद्रिक जहाज सरसम्मान सहित बँगलादेशको चटगांउ बन्दरगाहमा पुगेको छ भने पाकिस्तानी नागरिकहरूलाई सुरक्षा जॉचमा विशेष छानविन नगर्ने समेत बँगलादेशले संकेत गरेको छ । विगतका दिन पाकिस्तानी नागरिकहरू बँगलादेशमा आतंकवादी गतिविधि बढाउने शंका बँगलादेशी सरकारको रहेको थियो । साथ साथै उक्त कायरो सम्वादवाट बँगलादेश र पाकिस्तान पॉच दशक पश्चात समीप हुने संकेत दिएको छ ।

बँगलादेश र पाकिस्तानको गठजोडको पराकम्पन भारतसंगको सम्बन्धसंग जोडिएको छ । अर्थात् १३ डिसेम्बरमा कायरोमा वार्ता हुनु र २४ डिसेम्बरमा शेख हसिनालाई प्रत्यारपण गर्न भारतलाई दबाब दिनु कूटनीतिक हिसाबले अर्थपूर्ण रहेको छ । एकातर्पm बँगलादेश र पाकिस्ताको गठजोड बढिरहेको छ भने अर्का तर्फ भारतले समेत आफ्नो कूटनीतिक अस्त्रलाई प्रयोग गर्न आवश्यक वातावरण निर्माण गरिरहेको छ । भारतका परराष्ट्रमन्त्री ६ दिने अमेरिकी यात्रामा गए । यात्राको पूर्व सन्ध्यामा नै आवश्यक वातावरण निर्माण गर्न अमेरिकी सेक्करेट्री आप‘m स्टेट जेक सेलभेनले एक अभिव्यक्ति दिदै युनुस सरकारलाई हिन्दुहरूको सुरक्षा प्रति गम्भीर हुन सामरिक दबाब दिएका छन् । अर्थात् ट्रम्प सरकार पदबहाली हुने वित्तिकै बँगलादेश प्रतिको नीतिलाई धरातलीय रूप दिने जानकारहरूको आँकलन रहेको छ । बँगलादेशका चुनावी सरकार आएको खण्डमा कट्टरपन्थीहरू सत्ता र शक्तिबाट च्यूत हुने समेत जानकारहरूको बुझाई रहेको छ । यो परिवेशमा बँगलादेशमा प्रजातान्त्रिक परिपाटी र संरचनालाई प्रत्यारोपण गर्न अमेरिका र भारत सहकार्य गर्ने समेत आँकलन गर्न सकिन्छ जसको पराकम्पन्न बँगलादेश र पाकिस्तानको गठजोड क्षणभंगुर हुनेछ ।

 

 

प्रतिक्रिया