अमेरिका र भारतको सामरिक घेराबन्दीमा चीन
विपिन देव: तरल अवस्थामा छ वर्तमान भू-राजनीति । अमेरिकी चिन्तक फुकयामाको “द इण्ड ऑफ हिष्ट्री” का अनुसार नब्वेको दशक भन्दा वर्तमान परिवेशमा घतलाग्दो देखिएको छ । शत्रुता र मित्रता कूटनीतिक शब्दकोषमा सापेक्षतामा आधारित देखिएको छ । तालीवान लडाकुहरूलाई पाकिस्तानले सत्तारोहण गराएपश्चात अफगानीस्तानको रिमोट पाकिस्तानको हातमा हुने पाकिस्तानी आँकलन गलत सावित भएको छ । तालिवान खुलेआम पाकिस्तानलाई चुनौती दिइरहेको छ । “सिपेक गुरूयोजना”द्वारा पाकिस्तानको आर्थिक कायापलट गर्ने चीनको लक्ष्य समेत फलिभूत हुने अवस्थामा देखिएको छैन । चिनियाँ नागरिकहरू माथि पाकिस्तानमा भइरहेको आक्रमण प्रति चीन सरकार घोर आपत्ति प्रकट गर्दै कालान्तरमा चिनियाँ पूजी र प्रविधि पाकिस्तानमा लगानी गर्न पूनःविचार गरिरहेको छ । बँगलादेशको जन्म र राज्यको रूपमा विकास गराउन भारतले खेलेको भूमिका इतिहासमा अद्वितिय भएता पनि बँगलादेशमा भइरहेको हिन्दु माथिको दमन रोक्न भारत हालसम्म समेत सफल देखिएको छैन । ट्रम्पको हुंकार र डंकारले मध्य एसिया र यूक्रेनमा धरातलीय अवस्थामा परिर्वतन देखिएको छैन ।
बदलिदो भू-राजनीतिक अवस्थामा ट्रम्पको आगमनका साथै भारत चीन समेत आफ्नो सामरिक नीतिमा परिर्वतन गरेको संकेत गरेका छन् । भर्खरै ध्रुवजयशंकरद्वारा प्रकाशित पुस्तक “विश्वशास्त्र”ले भारतीय सामरिक नीतिलाई सूत्रात्मक व्याख्या गरेका छन् । हुनत भारतको सामरिक नीतिको व्याख्या गर्ने ध्रुव जयशंकरको पुर्खौली अधिकार नै रहेको छ । ध्रुव जयशंकरका हजुरबुवा के सूर्वमनियमलाई भारतीय सामरिक चिन्तनका गुरूका रूपमा चिनिन्छ भने उनका पिता डा. एस जयशंकर (वर्तमान भारतीय परराष्ट्रमन्त्री) समेत भारतको सामरिक नीतिबारे दुई कालजयी कृती “हवाई इण्डिया म्याट्रस” र “इण्डिया वे ” समेत प्रकाशित गरेका छन् । दुई हजार वर्ष अगाडि कौटील्यका “अर्थशास्त्र” भारतीय सामरिक नीतिको मुख्य दस्तावेज भए जस्तै ध्रुवद्वारा लेखिएको नयॉ पुस्तक भारतीय सामरिक चिन्तनलाई सूत्रात्मक व्याख्या गर्ने जर्मर्को गरेको देखिन्छ । वर्तमान परिवेशमा चीन भारत अमेरिकाको त्रीकोणात्मक सम्बन्धले भू-राजनीतिलाई यथेष्ठ रूपमा प्रभावित गरेको देखिन्छ ।
ट्रम्पको आगमनका साथै अमेरिकाको चीन प्रतिको दृष्ट्रिकोणमा परिर्वतन हुने जानकारहरूको दावी रहेको छ । अर्थात् चिनियाँ आयातमा ६० प्रतिशत भन्दा बढी कर लगाउने ट्रम्पको घोषणा रहेको छ । साथ साथै हिन्दमहासागरीय क्षेत्रमा चीनलाई घेरावन्दी गर्न ट्रम्पले आफ्नो कार्यक्रालमा नयॉ सुरुवात समेत गरेका थिए । उक्त क्षेत्रमा सामुद्रिक कानुनलाई संरक्षण गर्न र चिनियाँ दबदबाालाई निस्तेज गर्न सन् २०१७ मा क्वाडले ट्रम्पको नेतृत्वमा नै सक्रियता प्राप्त गरेको थियो । अर्थात् भारत अष्ट्रेलिया, जापान र अमेरिकाद्वारा चर्तुभूजीय संगठन क्वाडको संरचना नै चीन प्रति परिलक्षित थियो भने ट्रम्पको अगुवाईमा नै अक्सको गठन भएको थियो । अक्स भन्नाले अष्ट्रेलिया, अमेरिका र बेलायतको सम्बद्धतामा स्थापना भएको गठवन्धन हो । अर्को शब्दमा भन्ने हो भने ट्रम्पलाई चीनको ताइवान प्रतिको दृष्टिकोण, रसिया र इरानसंगको गठबन्धन र तिब्बत प्रतिको नीति पाच्य रहेको छैन ।
चिनियाँ नीतिलाई सामरिक रूपले टक्कर दिन अमेरिकी सामरिक नीतिमा परिर्वतन देखिएको छ । अमेरिकाले प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरूसंगको सम्बन्धमा सघनता बढाएको देखिन्छ । वर्तमान परिवेशमा चीनको आर्थिक वृद्धि दर खस्किनु, निर्यातमा कमी हुनु, बेरोजगारी दरमा २० प्रतिशतले वृद्धि हुनु, रियल स्टेटको व्यापार कम हुनु र पश्चिमा पू‘जी पलायन हुनु जस्ता कारणहरूले गर्दा चीनको भारत प्रतिको दृष्ट्रिकोणमा परिर्वतन भएको छ । सन् २०१७ को डोकलम विवाददेखि २०२४ सम्म ग्लवान विवादसम्म चीन र भारत आप्mना सिमा क्षेत्रमा एक अर्का विरुद्ध सैनिक मुठभेडको अवस्थामा रहेको थियो । सी चिनफिङ र मोदीको रसियाको कजानको भेट वार्ता पश्चात दुईवटै मुलुकहरू तनाव शिथिलिकरणको लागि आवश्यक पाइला समेत चालिसकेको छ । संसारमा सबभन्दा ठुलो सीमा सम्बन्धी समस्या भारत चीन विच रहेको छ । सीमा समस्याले नै गर्दा सन् १९६२ मा भारत चीन विच युद्ध समेत भइसकेको छ । सन् १९६२ मा भारतीयहरू भन्दा चिनियाँ प्रति व्यक्ति आय कम रहेको थियो र वर्तमान अवस्थामा भारतीयहरू भन्दा चीनियाहरूको प्रति व्यक्ति आय ४ गुणा भन्दा अधिक रहेको छ । विकास एक किसिमले इतिहासको चक्र जस्तै रहेको छ ।
९० को दशकमा चीनको आर्थिक विकास दर जस्तै वर्तमान अवस्थामा भारतको विकास दर रहेको छ । २० वर्ष यही विकास दरलाई भारतले निरन्तर राखेको खण्डमा भारतीय अर्थतन्त्रको आकार चिनियाँ अर्थतन्त्र जस्तै हुने जानकारहरूको सर्वेक्षण रहेको छ । सत्तरीको दशकमा हेनरी किसिनजर र निकस्नको नीतिले गर्दा चीनिया अर्थतन्त्र विश्व बजारसंग जोडियो । खुला अर्थतन्त्र र भूमंडलीकरणलाई प्रचूर मात्रामा प्रयोग गर्दै चीनिया अर्थतन्त्र असाधारण फड्को मार्यो । अमेरिका सोभियत रुसको विकल्पको खोजीमा थियो । चीन वाहेक अरु विकास थिएन । अमेरिकी आकलन अनुसार चीनको आर्थिक प्रगतिले गर्दा चीनमा पश्चिमा शासन पद्धति, प्रजातन्त्र, खुला समाज प्रत्यारोपण हुने आँकलन गलत सावित भयो । कालान्तरमा नै अमेरिका र पश्चिमा शक्तिको विरुद्धमा चीन नेतृत्वदायी भुमिकामा आफूलाई प्रस्तुत गर्यो । सन् २०१३ पश्चात नै चिनियाँ राष्ट्रपति सीले वर्तमान भू(राजनीति चीनको लागि अनुकुल भएको दाबीलाई अमेरिकाले गम्भीरता पूर्वक गर्दै आफ्ना सारिक नीतिमा परिर्वतन गरेको देखिन्छ । भू-राजनीतिको पेचिलो नियमलाई मध्यनजर राख्दै अमेरिकाले भारत प्रतिको नीतिमा व्यापक परिर्वतन गरेको छ । ट्रम्प सरकारमा भारतीय पक्षधरहरूको सत्तामा आरोहण हुनु एक संकेतको रूपमा लिन सकिन्छ ।
अटल विहारी बाजपेयीको समयमा भारत विरुद्ध आर्थिक नाकावन्दी गरेका अमेरिकाले भारतको लागि आफ्नो कानून समेत परिर्वतन गरेको देखिन्छ । अर्थात् भारतमा उच्च प्रविधि हस्तान्तरण र प्रत्यारोपण गर्न कमकसा र बेखा जस्ता कानुनहरूको माध्यमबाट भारतलाई उच्च कोटिको प्रविधि उपलब्ध गराउन अमेरिकाले आफ्नो योजनालाई प्रत्याभूत गरिसकेको छ । “आर्टीफिसियल इन्टेलीजेन्सी”, “फाइवजी” र चीप्स निर्माणमा भारत र अमेरिका सहयात्रा समेत सुरु गरिसकेको छ । अर्कोतर्फ, चीन, रसिया, इरान, पाकिस्तान र उत्तर कोरियामा समेत प्रजातान्त्रिक व्यवस्था फलिभुत नभएको कारणले शासकीय स्वरुपमा परिर्वतन आउने छाटकाट देखिएको छैन । तानाशाही शासन व्यवस्थामा रहेका शासकहरूको गठजोड स्थायी नभएको कुरा इतिहासले समेत प्रमाणित गरिसकेो छ । वर्तमान भू-राजनीति प्रजातान्त्रिक र तानाशाही व्यवस्थामा विभक्त रहेको देखिन्छ । यसकारण ट्रम्प मोदी सीको त्रीकोणात्मक नीतिले वर्तमान भू-राजनीतिलाई प्रभावित गर्न सक्छ ।