११ मंसिर २०८१, मंगलबार | November 26, 2024

मोदी–ट्रम्पबीच केमेस्ट्रि मिल्दाको तरङ्ग


November 26, 2024
1.2k
Shares

विपिन देवः डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति निर्वाचनमा भएको जीतले भू(राजनीतिलाई तरङ्गीत बनाएको देखिन्छ । भू(राजनीतिका जानकार फरिद जानकारियाले ट्रम्पको नीति कार्यक्रम भन्दा व्यक्तित्वले प्रभावित गर्ने जिकिर गरेका छन् । अमेरिका जनताको भावुकता र भावनाको मनोग्रन्थीलाई शल्यक्रियाद्वारा चूनावमा पू‘जीकृत गर्ने सार्मथ्य बोेकेका ट्रम्प अमेरिकी संरक्षणवादको परिपोषक देखिन्छ । भारतको सन्र्दभमा ट्रम्प नीति प्रष्ट देखिन्छ । भारतीय प्रधानमन्त्री मोदीको परम मित्र र हिन्दु र्धम संस्कृतीको हिमायतिको रूपमा ट्रम्पले आफ्नो चुनावी अभियानलाई परिचालित गरेका थिए । बङ्गलादेशमा हिन्दुहरू माथिको आक्रमणलाई निन्दा गर्दै भारत लगायत अमेरिकामा बसोबास गरिरहेका हिन्दूहरूको दिल दिमागलाई जित्न सफल भएका ट्रम्पले आफ्नो क्रायकालमा अमेरिका भारत सम्बन्धलाई नयॉ उचाईमा लग्ने प्रतिवद्धता सार्वजनिक रूपमा नै उद्घोष गरेका छन् । हुनतः सन् २००० देखि नै अमेरिका भारत सम्बन्धले नयॉ उचाई लिइरहेको देखिन्छ ।

सन् २००० भन्दा पहिले अमेरिकी राष्ट्रपति भारत यात्रा गर्दा पाकिस्तान पनि यात्रा गर्ने कूटनीतिक अनिवार्यता देखिन्थ्यो । इतिहासको काल खण्डमा अमेरिकी सामरिक नीति पाकिस्तानको हितलाई मध्य नजर गर्दै भारतको विपक्षमा समेत परिचालित हुने गथ्र्यो । ७० को दशकमा अमेरिकालाई पाकिस्तान विभाजन पाच्य थिएन । भारत माथि सैनिक कारबाही गर्ने समेत तम्तयार रहेको अमरिका भारत(सोभियत शान्ति सम्झौताको कारणले गर्दा मात्र पछाडि फर्केको थियो । सत्तरीको दशकमा चीनलाई पू‘जी र प्रविधि उपलब्ध गराएता पनि भारतलाई अमेरिकी सदभाव र सहानूति प्राप्त थिएन ।

वर्तमान परिवेशमा इतिहासले कोल्टो फेरेको छ । प्रधानमन्त्री अटल विहारी वाजपेयीको कार्यकालमा भारत माथि आर्थिक नाकावन्दी गरेका अमेरिका वर्तमान परिवेशमा भारतको सबभन्दा अब्वल मित्र भएका छन् । अमेरिका भारत सम्बन्ध नयॉ उचाईमा जानुका विभिन्न आयमहरू छन् । सन् २०१३ देखि नै चीनिया राष्ट्रपति सीको अमेरिकी नीतिले गर्दा भारत अमेरिका सम्बन्धमा न्यानोपन बढेको देखिन्छ । अर्थात् राष्ट्रपति सीको नीतिले गर्दा चीन र रुस बीच प्रगाढता बढेको छ भने चीन अमेरिकी सम्बन्ध चिसिएको छ । सन् १९९० पश्चात स्थापित भएको यूनिपोलर वल्र्ड (एक पक्षिय संसार) चीनको उदयले वालपोलर (द्वीपक्षीय संसार) मा परिणत भएको छ । वर्तमान भू(राजनीतिलाई सामरिक जानकारहरू मल्टीपोलर (बहुपक्षिय) संसार भनेता पनि विश्व दिपक्षिय नेतृत्ववाट नै प्रभावित रहेको देखिन्छ ।

अमेरिका, यूरोप, अष्ट्रेलीया, क्यानाडा, भारत लगायत प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू खुला समाजका पक्षधर देखिन्छ भने खुला समाज र प्रजातन्त्रलाई चुनौती दिन चीन, रुस, इरान, पाकिस्तान लगायत कट्टरपन्थीको आवरणमा रहेका तानाशाही मुलुकहरू प्रजातान्त्रिक पद्धतिलाई चूनौती दिइरहेको अवस्था छ । धुव्रीकृत संसारमा मोदीको नेतृत्वमा भारतले समनव्यकारीको भूमिका खेलेको देखिन्छ । रुस र यूरोपको विच कटुता बढेको अवस्थामा रुसवाट कच्चा तेल आयात गर्दै त्यसलाई प्रसोधित गर्दै यूरोपेली बजारमा पुर्याउने सार्मथ्य भारतीय कुटनीतिले प्राप्त गरेको देखिन्छ । वर्तमान परिवेशमा ट्रम्पले भारत सम्बन्धलाई उच्च महत्व दिनुको विभिन्न कारणहरू मध्ये कूटनीतिक समनव्य पनि एक हो । अर्थात् भारतले रसियाका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्सकीसंग समेत िसहकार्य गर्न सार्मथ्य बोकेको देखिन्छ । मध्य एसियामा भारतको सामरिक सम्बन्ध इजरायलसंग सधन रहेको छ भने साउदी अरेबीया लगायत यू.एई.संग व्यापारिक कारोवार उच्च रहेको देखिन्छ । यी पृष्टभूमीको कारणले गर्दा अमेरिकाले भारतलाई उच्च महत्व दिएको देखिन्छ । अभजरभर फाउन्डेसनका विज्ञ समीर शरणले ट्रम्प र मोदीको रसायनलाई भू(राजनीतिक कसीमा व्याख्या गरेका छन् । वर्तमान परिवेशमा चीनिया दव(दवालाई सामरिक टक्कर दिन अमेरिकी नीति रहेको छ ।

हिन्दमहासागरीय क्षेत्र लगायत हिमालय क्षेत्रमा समेत चीनिया आक्रमक्तालाई टक्कर दिने सार्मथ्य भारतले मात्र बोकेको देखिन्छ । डोकलमदेखि गलवानसम्म चिनियाँ सेनासंग ऑखामा ऑखा जुधाई भारतीय सेना तम्तयार रहेको कुरालाई अमेरिकी संस्थापन पक्षले उच्च मूल्याङ्कण गरेको देखिन्छ । हिन्दमहासागरीय क्षेत्रमा भारत कर्वाडको सक्रिय सदस्य रहेको छ । कवार्डको अन्य दुई सदस्यहरू जापान र अष्ट्रेलिया अमेरिकी सुरक्षा छातामा रहेको छ तर भारत अमेरिकी सुरक्षामा रहेको छैन । तर अन्य सुरक्षा छातामा रहेका मुलुकहरू जस्तै भारतलाई समेत अमेरिकी कानुन अनुसार हातहतियार र प्रविधि अमेरिकाले उपलब्ध गराउ‘दै आएको छ । अर्थात् कमकासा र बेका जस्ता कानुनहरूको माधयमबाट अमेरिकाले भारतलाई उच्च प्रविधि हस्तानतरण गर्न सहमती भएका छन् ।

मोदी र ट्रम्पको व्यक्तिगत रसायनले भारत अमेरिकी सम्बन्धलाई नयॉ उचाईमा लग्ने जानकारहरूको बुझाई रहेको छ । भारतमा प्रजातान्त्रिक पद्धति हुनु, सप्mटवेयरको हव हुनु, अब्वल दर्जाका सिप सहति अंग्रेजी भाषी जनशक्ति हुनु, मध्यम वर्गको उदय हुनु, संसारमा सबभन्दा तीव्र गतिले गर्दा आर्थिक विकास हुनु जस्ता कारणहरूले गर्दा ट्रम्पले अमेरिकी पू‘जी र प्रविधि भारतमा उपलब्ध गराउने समेत गरेका छन् । वर्तमान परिवशेमा समेत चीनमा ७० हजार अमेरिकी कम्पनीहरू रहेको छ । मोदी र ट्रम्पको केमेस्ट्रि मिल्दा अमेरिकी कम्पनीहरू भारतमा निवेश गर्न संकेत समेत गरेका छन् ।

तदनरुप माइक्रोन जस्ता नामुद कम्पनीहरूले आप्mनो कारोवार समेत सुरु गरिसकेका छन् । अमेरिका र भारतको सामरिक मिलन विन्दुको एक प्रमुख कारक तत्व आतंकवादसंगको संग्राम समेत हो । संसारको प्रमुख व्यापारिक नाका मध्ये लाल सागर (रेड सी) समेत एक हो । विगतका केही महिनादेखि हुती आतंकवादी समूहले माल वाहक सामुद्रिक जहाजलाई आक्रमण गर्दै व्यापारिक कारोवारलाई अवरोध समेत गरेका छन् । लाल सागरमा सामुद्रिक कानुन अनुसार अमन र चयन कायम गर्न अमेरिका र भारत सामुहिक सुरक्षा प्रदत गरिरहेको छ । साथ साथै तालीवान लगायत मध्य एसियामा आतंकवादी जत्था विरुद्ध सूचना आदान प्रदान लगायत अरु सैनिक गतिविधिमा समेत अमेरिका भारत विच सहकार्य रहेको देखिन्छ । रुस र युक्रेनबीचको युद्धलगायत मध्य एसियामा तनाव शिथिलिकरण गर्न कूटनीतिक अभ्यासको टट्कारो आवश्यकता रहेको छ । संवाद हिनताले सून्यता ल्याउ‘छ भने सून्यताले विषफोटको सृजन हुन्छ । यस प्रतिकुल अवस्थामा अमेरिका भारत विचको सहकार्यले गर्दा युद्धबाट लथपथ भएका संसारले शान्तीको अनुभूति गर्न सक्ने जानकारहरूको बुझाई रहेको छ । कट्टरपन्थी, आतंकवाद र तानाशाही पद्धति सभ्य समाज र मानव मूल्य मान्यतालाई मानर्मदन गर्न सक्दछ । यस परिवेशमा अमेरिका र भारत विच सहकार्यको आवश्यक्ता देखिएको छ ।

प्रतिक्रिया