३ मंसिर २०८१, सोमबार | November 19, 2024

नेपाल-भारत सीमा सुरक्षा बैठकमा खुला सिमानाबारे यस्तो छ सहमति


November 18, 2024
830
Shares

काठमाडौं, ३ मंसिर । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्याल र भारतको सशस्त्र समिा बलका महानिर्देशक अमृत मोहन प्रसादको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकमा दुवै पक्षले खुला सीमानामा दुवै देशका नागरिकको सहज आवतजावत सुनिश्चित गर्नका लागि समन्वय अभिवृद्धि गर्ने सहमति भएको जनाइएको छ ।

खुला सीमामा हुनसक्ने सीमापार अपराध नियन्त्रणबारे पनि छलफल भएको बुझिएको छ । दुवै पक्षले फलदायी छलफल भएको जनाएका छन् ।

बैठकबाट ११ वटा साझा एजेन्डामा संयुक्त हस्ताक्षर भएको छ । जसमा तेस्रो देशका नागरिकको गैरकानूनी घुसपैठ, अवैध लागूऔषध, सरसामानको तस्करी नियन्त्रणलगायतमा समन्वयकारी भूमिका निभाउने उल्लेख छन् ।

प्रतिक्रिया