२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

हरियाणामा भाजपाको रोचक कम्ब्याकपछि मोदीले के भने


October 8, 2024
747
Shares

एजेन्सी, २२ असोज । ‘हरियाणाका नागरिकले कमाल गरे, कमल कमल गरे’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको विधानसभामा भारतीय जनता पार्टीको जीतपछि भने । एक्जिट पोलले कँग्रेस आईले सानदार विजय हासिल गर्ने भनेपनि भाजपा तेस्रोपटक सत्तामा आयो जुन किर्तिमान थियो ।

९० सिटको विधानसभामा भाजपाले ४८ सिट जितेर सरकार बनाउने निश्चित भएको छ । कँग्रेस आईले ३७ र आइएनएलडीले २ सिट जित्यो । आम आदमी पार्टीले कुनै सिट जितेन र बाँकी ३ सिट अन्य दलले जिते ।

जम्मु कश्मिरमा भाजपाले २९ सिट जित्यो । कँग्रेस आईले ६ सिट जित्यो । जम्मु कश्मिर नेस्नल कन्फेरेन्स नामक विभिन्न क्षेत्रीय दलको समूहले ४२ सिट जितेको छ । पीडीपीले ३ र अन्यले १० सिट जितेका छन् ।

जम्मु कश्मिरमा आफ्नो दल एक्लै सबैभन्दा ठूलो दल बनेको भन्दै मोदीले खुशी व्यक्त गरे । उनले संविाधनको जित भएको समेत बताए ।

हरियाणाबाट चर्चित पूर्व कुस्ति खेलाडी विनेश पोगट जितेकी छिन् । उनी जुलानाबाट जितिन् ।

मोदी तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक विधान सभाको चुनाव दुई राज्य हरियाणा र जम्मु कश्मिरमा भएको हो । यसलाई निकै चासोका साथ हेरिएको थियो । मोदीको पछिल्लो परीक्षाका रुपमा पनि हेरिएको थियो । जसमा मोदीले बाजी मार्न सके ।

प्रतिक्रिया