२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

‘ठूला पार्टीहरु प्रचण्डको फोटो झुण्डाउनु’


September 25, 2024
83
Shares

रवीन्द्र मिश्रः हिजो प्रचण्डजी र म बीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ।

त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व संझिएको छु। उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु।

मेरो थप सानो मात्र टिप्पणी छ:
ठूला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँरहामी बीचमा रहोस्’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।
संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेसरएमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ‘नेपालको संविधान २०७२’ वास्तवमा ु

‘प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु।

त्यसैले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु। सामाजिक सञ्जालबाट

प्रतिक्रिया