८ आश्विन २०८१, मंगलबार | September 24, 2024

राजासँग मिल्न चाहन्थे प्रचण्ड


September 24, 2024
498
Shares

काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग मिलेर बढ्न खोजेको खुलासा भएको छ । प्रचण्डले राजासँग मिलेर बढ्न चाहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रसँगको भेटमा खुलासा गरेका हुन् ।

भेटमा प्रचण्डले राजा महेन्द्र शाहको पालामा धेरै उद्दोगधन्दा संचालनमा आएको तथ्य समेत संकलन गरिएको बताए । अहिले उद्दोगधन्दा बन्द भएको र विदेशी हस्तक्षेप बढेको समेत बताए ।

मिश्रले सामाजिक सञ्जालमा भेटका मुख्य बुँदाहरु उल्लेख गर्दै प्रचण्डले यथास्थितिमा देश नचल्ने समेत स्पष्ट पारेको बताएका छन् ।

मिश्रले प्रचण्डलाई राजसंस्थाको बारेमा गम्भीर हुन आग्रह गरेको बुझिएको छ । प्रचण्डले यसबारे घुमाउरो तरिकाले जवाफहरु दिएका छन् ।

प्रतिक्रिया