४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुसी क्षेत्रभित्र युक्रेनको हमला, अब के होला ?


August 12, 2024
1.2k
Shares

एजेन्सी, २८ साउन । रुसको भूमिभित्र छिरेर युक्रेनले हमला गर्न थालेको छ । युक्रेनलाई अमेरिकालगायत पश्चिमा देशले आधुनिक हतियार दिएपछि मनोबल बढाएर आक्रमण थालेको हो ।

युक्रेनले स्थल सैनिक र हवाई आक्रमण समेत थालेको छ रुसमा । यसअघि उसले गरेका कतिपय आक्रमणबारे बोलेको थिएन । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी क्षेत्रमा आक्रमण थालेको औपचारिक रुपमा बोलेका छन् । यसले युद्ध जटिल मोडमा पुगेको छ ।

रुसी समाचार संस्थाले आफ्नो आणविक प्लान्टमा आक्रमण भएको जनाइसकेको छ । युक्रेनले हमलामा प्रयोग गरेको ड्रोन पूरा पश्चिमा प्रविधियुक्त भएको जनाइएको छ ।

युक्रेनको पछिल्लो कदमपछि रुस पनि आक्रामक बन्ने देखिएको छ । युद्ध यूरोपका अन्य देशसम्म फैलन खतरा बढेको छ । रुसले कुनैपनि बेला आणविक हतियारको प्रयोग गर्ने आशंका समेत गरिएको छ ।

प्रतिक्रिया